प्रिमियर लिगको नयाँ सिजनको पहिलो दिन आज ४ खेल हुँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८१, बुधवार

प्रिमियर लिगको नयाँ सिजनको पहिलो दिन आज ४ खेल हुँदै

एजेन्सी, २७ भदौ । कोरोना महामारीकाबीच इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजन आजबाट हुँदै छ। सिजनको पहिलो दिन आज बिभिन्न ४ खेल हुँदैछन । यसअघि प्रकाशित तालिकामा ६ खेल तय भएपनि म्यानचेष्टर युनाईटेड र बर्नली तथा म्यानचेष्टर सिटी र एष्टनभिल्लाको खेल स्थगित गरिएको छ ।

सिजनको उद्घाटन खेल नेपाली समयानुसार आज साँझ साढे ५ बजे शुरु हुँदै छ । उद्घाटन खेलमा आर्सनल र फुल्ह्यामबीच प्रतिस्पर्धा हुने छ । खेल फुल्ह्यामको घरेलु मैदानमा हुने छ ।

यसैगरी अर्काे खेलमा क्रिष्टल प्यालेस र साउथ ह्याम्प्टनबीच प्रतिस्पर्धा हुने तालिका रहेको छ । तेस्रो खेलमा राती साढे १० बजे डिफेण्डिङ च्याम्पियन लिभरपुलले लिड्सँग प्रतिस्पर्धा गर्देछ । घरेलु मैदानमा लिभरपुल नबप्रवेशी टोलीबिरुद्ध स्पष्ट अंक हात पार्ने दाउमा छ । लिड्स पनि गत सिजनको विजेता लिभरपुल बिरुद्ध जित हात पार्ने दाउमा छ ।

आजको अन्तिम खेलमा वेष्टह्याम युनाईटेड र न्युक्यासल युनाईटेड प्रतिस्पर्धामा उत्रदैछन । दुबै टीमबीचको खेल नेपाली समय अनुसार राती पौने १ बजे शुरु हुनेछ । कोरोना माहामारीका कारण अघिल्लो सिजन पछि धकेलिएपछि झण्डै २ महिनाको बिश्रामपछि प्रिमियर लिगको नयाँ सिजन सुरु हुनलागेको हो

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);