ला लिगामा आज रियल म्याड्रिड र भालाडोलिटबीच प्रतिस्पर्धा हुँदै | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

ला लिगामा आज रियल म्याड्रिड र भालाडोलिटबीच प्रतिस्पर्धा हुँदै

एजेन्सी, १४ असोज । जारी स्पेनिस ला लिगा फुटबलमा साविक विजेता रियल म्याड्रिडले आज रियल भालाडोलिटसँग प्रतिस्पर्धा गर्दैछ । रियलले सिजनको तेस्रो खेलमा भालाडोलिटसँग घरेलु मैदानमा खेल्न लागेको हो । खेल नेपाली समय अनुसार राति सवा एक बजे सुरु हुनेछ ।

घरेलु मैदानमा रियल भालाडोलिटलाई हराएर सिजनको दोस्रो जित निकाल्ने दाउमा छ । रियलले अघिल्ला दुई खेलमा एक जित र एक बराबरी खेलेको थियो । रियलले सिजनको पहिलो खेलमा रियल सोसिडाडसँग गोलरहित बराबरी खेलेको थियो । तर, दोस्रो खेलमा रियलले रियल बेटिसलाई ३–२ गोल अन्तरले हराएको थियो ।

लिगमा रियल २ खेलमा ४ अंक जोडेर सातौं स्थानमा रहेको छ । यता भालाडोलिट भने पहिलो जितको योजनामा रहेको छ । अघिल्ला तीन खेलमा भालाडोलिटले २ बराबरी र १ हार व्यहोरेको थियो । खेलमा दुबै टोली एक अर्कालाई हराएर अंक तालिका सुधार गर्ने दाउमा रहेका छन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);