स्पेनिस ला लिगा फुटबलमा साविक विजेता रियल मड्रिड पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

स्पेनिस ला लिगा फुटबलमा साविक विजेता रियल मड्रिड पराजित

एजेन्सी, २ कार्तिक । स्पेनिस ला लिगा फुटबलमा साविक विजेता रियल मड्रिड पराजित भएको छ ।

शनिबार राति भएको खेलमा रियल क्याडिजसँग १–० गोल अन्तरले पराजित भएको हो ।

रियल घरेलु मैदानमै नव प्रवेशी क्लबसँग स्तब्ध भएको हो । क्याडिजलाई जित दिलाउन एन्थोनी लोजानोले निर्णायक गोल गरे । खेलको १६ औं मिनेटमा लोजानोले गरेको गोल नै क्याडिजको जितमा निर्णायक बन्यो । क्याडिजविरुद्ध बल पोजिसनमा पकड जमाएपनि गोल गर्न नसक्दा रियलले महत्वपूर्ण ३ अंक गुमाउनु परेको हो ।

जितसँगै क्याडिज तालिकाको दोस्रो स्थानमा समेत उक्लिएको छ । क्याडिजले ६ खेलमा १० अंक जोडेको छ । रियल शीर्ष स्थानमा यथावत रहेको छ । सिजनको पहिलो हार व्यहोरेको रियलले ५ खेलमा १० अंक जोडेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);