रियल मड्रिड स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

रियल मड्रिड स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा

एजेन्सी, २९ चैत। साविक विजेता रियल मड्रिड स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।

शनिबार राति भएको एल क्लासिको भिडन्तमा बार्सिलोनामाथि २–१ गोलको जित निकाल्दै मड्रिड तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।

मड्रिडको जितमा १३ औँ मिनेटमा करिम बेन्जिामा तथा २८ औँ मिनेटमा टोनी क्रसले गोल गरे । बार्सिलोनाका लागि ६० औँ मिनेटमा ओस्कार मिन्गुएजाले एक गोल फर्काए पनि हार टार्न सकेनन् । ९० औँ मिनेटमा कासेमिरो दोहोरो पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिएपछि रियल मड्रिड १० खेलाडीमा सीमित भएको थियो ।

जितसँगै रियलले ३० खेलमा ६६ अंक जोडेको छ । रियलले एट्लेटिको मड्रिडलाई हेड टु हेडमा पछि पार्दै शीर्ष स्थान हासिल गरेको हो । एक खेल कम खेलेको एट्लेटिकोको पनि ६६ अंक रहेको छ । बार्सिलोना ६५ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

ला लिगा अन्तर्गत शनिबार राति भएका अन्य खेलमा लेभान्टेले एइबर तथा काडिजले गेटाफेलाई समान १–० ले पराजित गर्दा एथ्लेटिको बिल्बाओ र एलाभेसले गोलरहित बराबरी खेलेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);