रियल मड्रिड स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

रियल मड्रिड स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा

Real madrid

एजेन्सी, ९ असोज । रियल मड्रिड स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । बुधबार राति भएको खेलमा ओसासुनालाई २–० गोल अन्तरले पराजित गर्दै रियल शीर्ष स्थानमा उक्लिएको हो ।

घरेलु मैदानमा भएको खेलमा रियललाई जित दिलाउन भेनीसीएस जुनियर र रोड्रीगोले समान एक–एक गोल गरे । सान्टियागो बेर्नाबेउमा खेलको ३६ औं मिनेटमा जुनियरले गोल गर्फ्दै रियललाई अग्रता दिलाएका थिए ।

खेलको ७२ औं मिनेटमा रोड्रीगोले गोल गर्दै रियललाई २–० को जित दिलाए । जितसँगै शीर्ष स्थानमा उक्लिएको रियलले ६ खेलबाट १४ अंक जोडेको छ । ओसासुनाको ६ खेलमा ७ अंक रहेको छ । रियल एट्लेटिको मड्रिडलाई एक अंकले पछि पार्दै शीर्ष स्थानमा उक्लिएको हो । एट्लेटिकोको ६ खेलमा १३ अंक रहेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);