भारत साफ यू–१८ च्याम्पियनसिप फुटवलको सेमिफाइनलमा प्रवेश | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

भारत साफ यू–१८ च्याम्पियनसिप फुटवलको सेमिफाइनलमा प्रवेश

काठमाडौं, ८ असोज । भारत तेस्रो संस्करणको साफ यु–१८ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । हल्चोक स्थित सशस्त्र प्रहरीको मैदानमा बुधबार भएको समूह चरणको अन्तिम खेलमा श्रीलंकालाई ३–० गोल अन्तरले पराजित गर्दै भारत सेमिफाइनलमा पुगेको हो ।

पहिलो हाफमा गोलरहित बराबरी रहेको खेलमा भारतले दोस्रो हाफमा तीन गोल गरेको हो । भारतको जितमा गुर्किरात सिंहले दुई तथा अमन क्षेत्रीले एक गोल गरे । यो जित सँगै भारत समूह ’बी’ बाट ४ अंक जोडेर सेमिफाइनलमा पुगेको हो ।

समुह उपविजेता भएर बंगलादेश पनि सेमिफाइनलमा पुगेको छ । यसअघि नै भुटान र माल्दीभ्सले सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेका छन् । नेपाल भने समूह चरणबाटै बाहिरी सकेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);