बंगलादेशले माल्दिभ्सलाई पराजित गरेसँगै नेपाल सेमिफाइनलमा प्रवेश | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

बंगलादेशले माल्दिभ्सलाई पराजित गरेसँगै नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं, १० असोज । नेपाल यू–१५ साफ च्याम्पियनसिपको समूह ए बाट सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार एन्फा कम्प्लेक्स सातदोवाटोमा भएको खेलमा बंगलादेशले माल्दिभ्सलाई ९-० गोलले पराजित गरेसँगै नेपाल समूह ए खेल अगावै सेमिफाइनलमा पुग्ने निश्चित भएको हो ।

यो समूहमा नेपाल, बंगलादेश र माल्दिभ्स छन् । माल्दिभ्सले दुवै खेलमा पराजय ब्यहोरेपछि नेपालसँगै बंगलादेश पनि सेमिफाइनलमा पुगेको छ । समूहको अन्तिम खेल नेपालले बंगलादेशबिरुद्ध खेल्दैछ ।

त्यही खेलले समूह विजेताको टुंगो लगाउँनेछ । नेपालले समूहको पहिलो खेलमा माल्दिभ्सलाई ४–० गोलले हराएको थियो । शनिबार सातदोवाटो मैदानमा माल्दिभ्सलाई बंगलादेशले ९–० गोलले हराउँदा उसका निहत जमानले ह्याट्रिकसहित ४ गोल गर्दा रसेल अहमद र आसिकुर रहमानले २–२ गोल गरे । त्यस्तै एक गोल कप्तान मोहम्मद मेहेदी हसनले गरे ।

पहिलो हाफमा चार गोल गर्दा जमानले ह्याट्रिक गरेका थिए । बंगलादेशले दोस्रो हाफमा पाँच गोल गरेको थियो । यसअघि शनिबार नै भएको अर्को खेलमा भुटानलाई ४–० गोलले हराउँदै पाकिस्तान पनि समूह बीबाट सेमिफाइनलमा प्रवेश गरेको छ ।

पहिलो खेलमा भारतलाई २–१ गोलले हराएको पाकिस्तान ६ अंकसहित समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको हो । समूहको अन्तिम खेलमा भारत र भुटानबीच प्रतिस्पर्धा हुनेछ । त्यस खेलले यो समूहबाट सेमिफाइनलमा पुग्ने दोस्रो टोलीको टुंगो लगाउनेछ ।

शनिबार भुटानबिरुद्ध पाकिस्तानले चारै गोल पहिलो हाफमा गरेको थियो । पाकिस्तानका लागि मोइन अहमदले २९औं र ४२औं मिनेटमा गरी २ गोल गरेका थिए । त्यसअघि २०औं मिनेटमा मुदासर नजरले तथा २३औं मिनेटमा इफितकर अहमदले गोल गरेका थिए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);