पोखरा प्रिमियर लिग : धनगढी ब्लुजले पहिलो जित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

पोखरा प्रिमियर लिग : धनगढी ब्लुजले पहिलो जित

dhangadi vs biratnagar

काठमाडौं, ११ कात्तिक । पोखरा प्रिमियर लिग क्रिकेट प्रतियोगितामा धनगढी ब्लुजले पहिलो जित निकालेको छ । आइतबार भएको खेलमा धनगढीले विराटनगरलाई ७८ रनले हरायो ।

पोखरा रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको धनगढीले २० ओभरमा १ सय ८२ रनमा अलआउट भयो । टिमको स्कोर ८ रन हुँदा पहिलो विकेट गुमाएको धनगढीले १३ रनमा दोस्रो विकेट खेर फाल्यो । उसका दुबै ओपनर सन्दिप सुनार ९ तथा डेन लरेन्स दुई रनमा आउट भए । त्यसको लगत्तै दिलिप नाथपनि ८ रनमा आउट भएपछि धनगढीले ३८ रनमा तेस्रो विकेट गुमायो ।

त्यसपछि दिपेन्द्र ऐरी र विदेशी खेलाडी पिटर ट्रेगोले चौथो विकेटका लागि ६० रनको साझेदारी गर्दै टिमको पारीलाई सम्हाले । तर दिपेन्द्र २९ रनमा आउट भएपछि धनगढीले ९८ रनमा चौथो विकेट गुमायो । तर त्यसपछि सस्तैमा दुई विकेट गुमाउदा धनगढीले एक सय २३ रनमा ६ विकेट गुमायो । सन्दिप जोरा १२ रनमा आउट भए भने मन्जित श्रेष्ठ एक रनमा पेभेलियन फर्किए ।

धनगढीका लागि पिटरले ५३ रनको योगदान गरे । अन्तिममा सौरभ खनालले विस्फोटक ४१ रन बनाए । उनले १२ बलमा दुई चौका र ५ छक्का प्रहार गरे । बलिङ तर्फ जितेन्द्र मुखियाले चार विकेट लिए ।

जवाफमा विराटनगर १६ ओभर चार बलमा एक सय चार रनमा अलआउट भयो । खराव सुरुवात गरेको विराटनगरले १३ रन हँदा पहिलो विकेट गुमायो । ओपनर प्रदिप ऐरी मात्र चार रनमा पेभेलियन फर्किए ।

त्यसपछि टिमको स्कोर ३९ रन हुँदा अर्का ओपनर सुनिल धमला २१ रनमा पेभेलियन फर्किए । विराटनगरको स्कोर ४६ रन हुदा राजु रिजाल मात्र ५ रनमा बाहिरीए । एकपछि अर्को विकेट गुमाएको बिराटनगरका पाकिस्तानी खेलाडी मुहम्मद जेइद आलम १९ रनमा आउट भए भने एन्र्डु सुबिक्सनपनि १८ रनमा पेभेलियन फर्किए ।

किशोर महतो नौ, राजेश पुलामीमगर दुई, पुष्प थापा दुई रनमा आउट भए । बलिङ तर्फ डेन लरेन्सले तीन तथा दिपेन्द्र ऐरीले दुई विकेट लिए । यस्तै जितेन्द्र मुखीया नौ रनमा आउट भए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);