पीपीएल : धनगढी ब्लूजको रोमाञ्चक जित, शिर्ष तीनको संभावना कायमै | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

पीपीएल : धनगढी ब्लूजको रोमाञ्चक जित, शिर्ष तीनको संभावना कायमै

dhangadi vs pokhara

पोखरा, १६ कात्तिक । पोखरा प्रिमियर लिग अन्तर्गत आजको पहिलो खेलमा धनगढी ब्लुजले दुई विकेटको रोमाञ्चक जित हात पारेको छ । पोखरा क्रिकेट मैदानमा घरेलु टिम पोखरा पल्टनलाई हराँउदै धनगढी ब्लुजले दुई विकेटको रोमाञ्चक जित हात पारेको हो ।

जितसँगै धनगढीले शिर्ष तीनमा पुग्ने संभावना कायमै राखेको छ । टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टिमले २० ओभरमा ८ विकेट गुमाउदा सुरुवात देखि नै दबावमा थियो । कमजोर सुरुवात गरेको पोखराले चार रनमा पहिलो विकेट गुमायो । त्यसपछि दोस्रो विकेटका लागि आशिफ शेख र रवीइन्दर सिंहले ४० रनको साझेदारी गरीरहेका बेला रवी २८ रनमा आउट भएपछि पोखराले ४८ रनमा दोस्रो विकेट गुमायो ।

आशिफ २३ रनमा पेभेलियन फर्किए । जसका कारण पोखराले ६५ रनमा चार विकेट गुमायो । एकपछि अर्को विकेट गुमाएको पोखराका लागि रोहित पौडेलले सर्वा्धिक ३१ रन बनाए । यस्तै कप्तान शरद भेषवाकरले १४ तथा मोहम्मद नाभिदले ११ रन र रासिद खानले १५ रन बनाए ।

बलिङ तर्फ धनगढीका कमलसिंह ऐरीले चार तथा पिटर ट्रेगो, डेनीयल लरेन्स र रविन क्षेत्रीले एक एक विकेट लिए ।

यता धनगढीका मिडिलअडरका खेलाडी विच राम्रो साझेदारी हुन सकेन । डेनीयल लरेन्स मात्र तीन रनमा आउट भए भने सन्दिप जोरा नौ, सौरभ खनाल तीन रनमा पेभेलियन फर्किए । यस्तै विदेशी खेलाडी पिटर ट्रेगो पनि ५३ रनमा आउट भएका थिए ।

बलिङ तर्फ रासिद खानले चार तथा ललित राजंवशी र विक्रम भुषालले दुई दुई विकेट लिए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);