पोखरा, १६ कात्तिक । पोखरा प्रिमियर लिग अन्तर्गत आजको दोश्रो खेलमा काठमाडौं रोयल्सले बुटवल ब्लास्टर्सलाई ३७ रनले पराजित गरेको छ ।
पोखरा रंगशालामा शुक्रवार भएको खेलमा काठमाडौंले बुटवललाई सहज रुपमा पराजित गरेको हो । १ सय ७३ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको बुटवलले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ३५ रन मात्रै बनाउन सक्यो ।




