पीपीएल : चितवनसँग विराटनगर १८ रनले पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

पीपीएल : चितवनसँग विराटनगर १८ रनले पराजित

chitwan ko jeet

पोखरा, ६ पुस । पोखरा प्रिमियर लिग पीपीएलमा चितवन राइनोजले जित निकालेको छ । पोखरा क्रिकेट मैदानमा आइतबार भएको खेलमा विराटनगरलाई १८ रनले पराजित गर्दै चितवनले जित निकालेको हो ।

चितवनले दिएको १ सय ४७ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको विराटनगर १९ ओभरमा अलआउट हुँदै १ सय २८ रनमा समेटियो । विराटनगरका लोकेश बमले ६२ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ४ विकेट गुमाएर १ सय ४६ रन बनाएको थियो । चितवनको लागि आरिफ शेखले अविजित ३९ रन जोड्दा सन्नी पटेलले अविजित २७ रन बनाए ।

यस्तै कप्तान पारस खड्काले ३५ रन जोड्दा बाबर हायातले २५ रन बनाए । विराटनगरका जितेन्द्र मुखिया, किशोर महतो, पुनित मेहेरा, मुहमद जायद आलमले एक एक विकेट लिए ।

जितसँगै चितवनले ४ खेलमा अपराजित रहदै ८ अंक जोडेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);