ईपीएल क्रिकेट : चितवनद्वारा विराटनगर ५ रनले पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

ईपीएल क्रिकेट : चितवनद्वारा विराटनगर ५ रनले पराजित

epl-chitwan-biratnagar

काठमाडौं, २८ मंसिर । चितवन टाइगर्सले एभरेष्ट प्रिमियर लिग क्रिकेटमा पहिलो जित निकालेको छ । शुक्रवार भएको खेलमा बिराटनगरलाई ५ रनले हराउँदै चितवनले जीत निकालेको हो ।

कीर्तिपुर स्थित त्रिभुवन बिश्वबिद्यालयको क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले २० ओभरमा चार विकेट गुमाउदै एक सय ९६ रन बनायो । जवाफमा राम्रो सुरुवात गरेको बिराटनगर २० ओभरमा ८ विकेट गुमाउदा एक सय ९१ रनमा रोकिएको थियो ।

पारस खड्काको कप्तानीमा रहेको विराटनगरका लागि हङकङका ब्याट्सम्यान बाबर हायतले ९० रनको अर्धशतकीय इनिङस खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । आक्रामक ब्याटिङ गरेका बाबरले ४२ बलमा ८ छक्का र ५ चौका प्रहार गरे ।

यस्तै करण केसी २४ रनमा अविजित रहदा आसिफ शेखले ३० रन बनाए । कप्तान पारस खड्काले १९ रन जोड्दा अनिल कुमार साहले १२ रन जोडे ।चितवनका प्लेयर अफ दि म्याच बनेका ललित सिंह भण्डारीले ४ विकेट लिए । यस्तै सागर ढकालले ३ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले पुरै २० ओभर खेल्दै ४ विकेट गुमाएर १९६ रन बनाएको थियो । चितवनका लागि इंग्लिश ब्याट्सम्यान जोन सिमप्सनले ७८ रनको अर्धशतकीय इनिङस खेले । यस्तै दिपेन्द्र सिंह ऐरीले ३२ रन जोड्दा ओपनर सन्दीप सुनारले ३० रन बनाए ।

जर्ज स्कट २४ रनमा अविजित रहदा पाउल स्टर्लिङले १५ रन जोडे । विराटनगरका लागि करण केसी, बसन्त रेग्मी, पारस खड्का र भान मिकरनले एक एक विकेट लिए ।

जितसंगै चितवनले ४ खेलबाट २ अंक जोडेको छ । जितपछि अघिल्ला तीन खेलमा लगातार हार व्यहोरेको चितवनले प्ले अफमा पुग्ने सम्भावना कायम राखेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);