आईपीएल टी–ट्वान्टी क्रिकेटमा मुम्बई इन्डियन्सको पहिलो जित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

आईपीएल टी–ट्वान्टी क्रिकेटमा मुम्बई इन्डियन्सको पहिलो जित

एजेन्सी, ८ असोज । साविक विजेता मुम्बई इन्डियन्सले १३ औं संस्करणको इन्डियन प्रिमियर लिग आईपीएल टी–ट्वान्टी क्रिकेटमा पहिलो जित दर्ता गरेको छ ।

बुधबार राति अबुधाबीस्थित शेख जायद स्टेडियममा भएको खेलमा कोलकत्ता नाइट राइडर्सलाई ४९ रनले पराजित गर्दै मुम्बईले पहिलो जित निकालेको हो ।

मुम्बईले दिएको १ सय ९६ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४६ रन मात्र बनाउन सक्यो । कोलकत्ताका पाट कुमिन्सले सर्वाधिक ३३ रन जोडे । यस्तै कप्तान दिनेश कार्तिकले ३० तथा नितेश रानाले २४ रन बनाए भने इयान मोर्गन १६ रनमा आउट हुँदा आन्द्रे रसेल ११ रनमा पेभेलियन फर्किए ।

मुम्बईका ट्रेन्ट बोल्ट, जेम्स प्याटीनसन, राहुल र जस्प्रित बुम्राहले २र२ विकेट लिए । किरोन पोलार्डले १ विकेट लिए । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर १ सय ९५ रन बनाएको थियो । मुम्बईका लागि कप्तान रोहित शर्माले ८० रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै सूर्यकुमार यादबले ४७, सौरभ तिवारीले २१ र हार्दिक पाण्डेयले १८ रन जोडे ।

कोलकत्ताका शिवम माभीले २ विकेट लिए । सुनिल नारिने र आन्द्रे रसेलले १÷१ विकेट लिए । जितसँगै मुम्बईले २ खेलमा २ अंक जोडेको छ । पहिलो खेलमा मुम्बई चेन्नई सुपर किङ्ससँग ५ विकेटले पराजित भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);