दिल्लीसँग मुम्बई इन्डियन्स ६ विकेटले पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

दिल्लीसँग मुम्बई इन्डियन्स ६ विकेटले पराजित

एजेन्सी । दिल्ली क्याटपिल्सले ईन्डियन प्रिमियर लिग क्रिकेट आईपीएल टी–ट्वान्टी क्रिकेटमा तेस्रो जित निकालेको छ ।

मंगलबार राति चेन्नईमा भएको खेलमा साविक विजेता मुम्बई इन्डियन्सलाई ६ विकेटले पराजित गर्दै दिल्लीले तेस्रो जित निकालेको हो । मुम्बईले दिएको १ सय ३८ रनको लक्ष्य दिल्लीले १९ ओभर १ बलमा ४ विकेट गुमाएर पूरा गर्यो ।

दिल्लीको जितमा शिखर धवनले सर्वाधिक ४५ रन बनाए । भने स्टिभ स्मिथले ३३ र ललित यादवले २२ रनमा अविजित रहे ।

कप्तान ऋषव पन्त र पृथ्वी श समान ७÷७ रन जोड्दा आउट भए । शिम्रन हिटमेयरले अविजित १४ रन बनाए । मुम्बईका जस्प्रित बुम्राह, जयन्त यादव, राहुल चाहर र केइरन पोलार्डले १÷१ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३७ रन बनाएको थियो ।

मुम्बईका लागि कप्तान रोहित शर्माले सर्वाधिक ४४ रन बनाए भने इशान किशनले २६, सूर्यकुमार यादवले २४, जयन्त यादवले २३ रन बनाए । दिल्लीका अमित मिश्राले ४ विकेट लिए भने आभेस खानले २ विकेट लिए ।

जितसँगै दिल्ली ४ खेलमा ६ अंक जोड्दै लिगको दोस्रो स्थानमा उक्लिएको छ । मुम्बईले भने ४ खेलमा ४ अंक जोडेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);