आईपीएल : मुम्बईद्वारा पञ्जाब ६ विकेटले पराजित | ईमाउण्टेन समाचार

Our Network

चैत २९ २०८०, बिहीबार

आईपीएल : मुम्बईद्वारा पञ्जाब ६ विकेटले पराजित

mumbaiindians

एजेन्सी, २२ बैसाख । इण्डियन प्रिमियर लिग (आईपीएल) मा मुम्बई इण्डियन्सले ६ विकेटको जित हात पारेको छ । मुम्बईले गएराति भएको खेलमा किंग्स इलाभेन पञ्जाबविरुद्ध ६ विकेटको जित दर्ता गरेको हो ।

जितसँगै मुम्बई अन्तिमबाट पाँचौं स्थानमा उक्लिएको छ । मुम्बईले ९ खेलमध्ये तीन खेलमा जित हात पारेको छ । पञ्जावले दिएको विरुद्ध १ सय ७५ रनको लक्ष्य मुम्बईले एक ओभर बाँकी छँदा चार विकेट गुमाएर पूरा गर्यो । मुम्र्बृको जितमा सुर्यकुमार यादवले ५७, क्रुनाल पाण्ड्याले ३१ तथा कप्तान रोहित शर्माले अविजित २४ रनको योगदान गरे ।

टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाबले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७४ रन बनाएको थियो । उसका लागि क्रिस गेलले सर्वाधिक ५० रन बनाए । हारका बाबजुद पञ्जाव चौंथो स्थानमा यथावत छ ।

आईपीएल अन्तर्गत आज दुई वटा खेल हुनेछन् । पहिलो खेल शिर्ष स्थानको चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बैंगलोर तथा दोस्रो खेल दिल्ली डेयरडेभिल्स र सनराइजर्स हैदरावादबीच हुने छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);