आईपीएल : दिल्ली डेयरडेभिल्सको दोस्रो जित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

आईपीएल : दिल्ली डेयरडेभिल्सको दोस्रो जित

Delhi-KKR

एजेन्सी, १५ बैशाख । आईपीएल क्रिकेटमा दिल्ली डेयरडेभिल्सले दोस्रो जित हात पारेको छ । नेपाली खेलाडी सन्दिप लामिछाने सम्मिलित दिल्लीले गएराति भएको खेलमा कोलकत्ता नाइट राइडर्सलाई ५५ रनले पराजित गरेको हो ।

दिल्लीको जितमा श्रेयस ऐयरले अविजित ९३ रन बनाए । कप्तानी सम्हालेको दिन ४० बलको सामना गरेका ऐयरले १० छक्का र तीन चौका प्रहार गरे । लगातारको हारपछि गौतम गम्भिरले कप्तानी छोडेपछि आयरले कप्तानको जिम्मेवारी सम्हालेका हुन् । टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले ४ विकेटको क्षतिमा २ सय १९ रन जोडेकामा पृथ्वी साले ६२ रनको योगदान गरे ।

२ सय २० रनको लक्ष्य पछ्याएको कोलकत्ता नाइट राइडर्सले निर्धारित २० ओभरमा १ सय ६४ रन मात्र जोड्यो । उसका लागि एन्ड्रयु रसेलले सर्वाधिक ४४ रन बनाए । खासगरी अमित मिश्रा र प्लुंकेटले कसिलो बलिङ गरेपछि कोलकत्ता नाइट राइडर्स लक्ष्य पछ्याउन असफल भएको हो । मिश्राले ४ ओभरमा १ मेडनसहित २३ रन खर्चिएर २ विकेट लिएका थिए । जितका बाबजुद दिल्ली सातौं स्थानमा छ ।

आईपीएल अन्तर्गत आज चेन्नई सुपर किंग्स र मुम्बई इण्डियन्सबीचको खेल हुने छ । चेन्नई १० अंकसहित शीर्ष स्थानमा छ भने एक खेल मात्र जितेको मुम्बई अंक तालिकाको पुछारमा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);