आईपीएल : दिल्लीको रोमाञ्चक जित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

आईपीएल : दिल्लीको रोमाञ्चक जित

delhi-daredevils

एजेन्सी, २० बैशाख । आईपीएल क्रिकेटमा दिल्ली डेयर डेभिल्सले ४ रनको रोमाञ्चक जित हात पारेको छ । वर्षाले प्रभावित खेलमा दिल्ली डेयर डेभिल्सले राजस्थान रोयल्समाथि ४ रनको रोमाञ्चक जित हात पारेको हो ।

गएराति पानी परेपछि १७ दशमलव १ ओभरमा छोट्याइएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले रिसब पन्तको ६९ रनको मद्दतमा १ सय ९६ रन बनाएको थियो । २९ बलको सामना गरेका रिसबले ७ चौका र पाँच छक्का प्रहार गरेका थिए ।

दिल्लीको इनिङमा कप्तान श्रेयस आयरले ५० तथा पृथ्वी शाहले ४७ रनको योगदान गरे । राजस्थान रोयल्सका कृष्णप्पा गोथम, श्रेयस गोपाल र धवल कुलकर्णी निकै महङ्गो सावित भए ।

दिल्लीको इनिङपछि फेरि पानी परेपछि राजस्थान रोयल्सलाई १२ ओभरमा १ सय ५१ रनको लक्ष्य दिइएको थियो । लक्ष्य पछ्याउने क्रममा जोस बटलरले २६ बलमा ६७ रन बनाए पनि जितका लागि पर्याप्त हुन सकेन । राजस्थान रोयल्सले ५ विकेटको क्षतिमा १ सय ४६ रन मात्र जोडेपछि दिल्लीले प्लेअफमा छनोट हुने सम्भावना जीवित राखेको हो ।

दिल्ली ९ खेलमा तीन जितनिकालेर छैटौं स्थानमा उक्लिएको छ । आईपीएलमा आज शीर्ष स्थानको चेन्नई सुपर किंग्स र चौंथो स्थानको कोलकत्ता नाइट राइडर्सबीच खेल हुने छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);