आईपीएल : सनराइजर्स हैदरावाद शीर्ष स्थानमा | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

आईपीएल : सनराइजर्स हैदरावाद शीर्ष स्थानमा

sunrisers

एजेन्सी, २३ बैशाख । इण्डियन प्रिमियर लिगमा सनराइजर्स हैदरावाद र चेन्नई सुपर किंग्स विजयी भएका छन् । सनराइजर्स हैदरावादले दिल्ली डेयरडेभिल्सलाई तथा चेन्नई सुपरकिंग्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई पराजित गरेका हुन् ।

सनराइजर्स हैदरावादले दिल्ली डेयरडेभिल्समाथि ७ विकेटको जित निकाल्यो । दिल्लीले दिएको १ सय ६४ रनको लक्ष्य सनराइजर्स हैदरावादले तीन विकेटको क्षतिमा एक बल बाँकी छँदा पूरा गर्‍यो । उसका लागि १८ औं ओभरमा मैदान छिरेका युसुफ पठानले जित दिलाएका हुन् । पठानले १२ बलमा अविजित २७ रन जोडे भने कप्तान केएस विलियम्सन पनि ३२ रनमा अविजित रहे ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले पृथ्वी सावको ६५ तथा कप्तान श्रेयस आयरको ४४ रनको योगदानमा ५ विकेट गुमाएर १ सय ६३ रन बनाएको थियो । दिल्लीमाथिको जितसँगै सनराइजर्स हैदरावाद ९ खेलबाट ७ जितसहित शीर्ष स्थानमा उक्लिएको छ ।

७ जित नै हासिल गरेको चेन्नई सुपरकिंग्स रनरेटका आधारमा पछि परी दोस्रो स्थानमा छ । सातौं जित हात पार्ने क्रममा चेन्नईले रोयल च्यालेन्जर्स बैंगलोरलाई ६ विकेटले पराजित गरेको हो । चेन्नईले बैंगलोरले दिएको १ सय २८ रनको लक्ष्य १८ औं ओभरमा पूरा गरेको थियो ।

आइपीएल अन्तर्गत आज मुम्बई इण्डियन्स र कोलकत्ता नाइट राइडर्स तथा किंग्स इलाभेन पञ्जाब र राजस्थान रोयल्स बीच खेल हुनेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);