चेन्नईसँग सनराइजर्स हैदरावाद ७ विकेटले पराजित | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८०, मंगलबार

चेन्नईसँग सनराइजर्स हैदरावाद ७ विकेटले पराजित

एजेन्सी । इन्डियन प्रिमियर लिग आईपीएल टी–ट्वान्टी क्रिकेटमा चेन्नई सुपर किङ्सले जित निकालेका छ ।

बुधबार राति दिल्लीमा भएको खेलमा चेन्नईले सनराइजर्स हैदरावादलाई ७ विकेटले पराजित गरेको हो । हैदरावादले दिएको १ सय ७२ रनको लक्ष्य चेन्नईले १८ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो ।

चेन्नईको जितमा रुतुराज गायकवाड र फाप डु प्लेसिसले अर्धशतकीय इनिङ्स खेले । गायकवाडले ७५ रनको इनिङ्स खेल्दा प्लेसिसले ५६ रन बनाए । मोइन अलि १५ रनमा आउट भए भने सुरेश रैना १७ र रविन्द्र जडेजाले अविजित ७ रन बनाए ।

हैदरावादका राशिद खानले ३ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ३ विकेट गुमाएर १ सय ७१ रन बनाएको थियो । हैदरावादका लागि मनिस पाण्डेले, कप्तान डेभिड वार्नरले ५७, केन विलियम्स २६ र केदार जादब १६ रन जाडे ।

चेन्नईका लुंगी एनजिडीले २ तथा साम कुरनले १ विकेट लिए । जितसँगै चेन्नईले ६ खेलमा १० अंक जोड्दै तालिकाको शीर्ष स्थानमा पुगेको छ भने पुछारको हैदरावादले ६ खेलमा २ अंक जोडेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);