च्याम्पियन्स लिग : सेमिफाईनलको पहिलो लेगमा सिटीसँग पीएसजी पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

च्याम्पियन्स लिग : सेमिफाईनलको पहिलो लेगमा सिटीसँग पीएसजी पराजित

एजेन्सी । च्याम्पियन्स लिग फुटबलको सेमिफाईनलको पहिलो लेगमा म्यान्चेष्टर सिटीले पेरिस सेन्ट जर्मेन पीएसजीलाई पराजित गरेको छ । बुधबार राति भएको खेलमा प्रिमियर लिग क्लब सिटीले पीएसजीलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा फ्रान्सेली क्लब पीएसजीले मार्कुन्होसको गोलमा अग्रता लिएको थियो । एन्जल डी मारियाको पासलाई सदुपयोग गर्दै मार्कुन्होसले हेड गोलमार्फत पीएसजीलाई खेलको १५ औं मिनेटमा अघि बढाएका थिए ।

दोस्रो हाफमा डी ब्रुईनको गोलबाट सिटी खेलमा फर्किएको थियो । खेलको ६४ औं मिनेटमा ब्रुईनले पाहुना टोलीका लागि बराबरी गोल फर्काएका थिए । त्यसको ७ मिनेटपछि रियाद महरेजले गोल गर्दै सिटीलाई जित दिलाए । डिबक्स बाहिर प्राप्त फ्रिकिकमा उनले गोल गरेका हुन् ।

पहिलो लेगमा जित हाशिल गरेसँगै सिटी सेमिफाईनलमा बलियो बनेको छ । घरेलु मैदानमा पहिलो लेगमै पराजित बनेपछि पीएसजीलाई दोस्रो लेगमा थप दबाब बढ्नेछ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);