पीएसजीसँग बायर्न ३–२ गोल अन्तरले पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

पीएसजीसँग बायर्न ३–२ गोल अन्तरले पराजित

एजेन्सी, २६ चैत । च्याम्पियन्स लिग फुटबल अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पीएसजीले जित निकालेको छ ।

बुधबार राति भएको खेलमा पीएसजीले साविक विजेता तथा जर्मन क्लब बायर्न म्युनिखलाई ३–२ गोल अन्तरले पराजित गरेको हो ।

पीएसजीलाई जित दिलाउन केलियन एमबाप्पेले दुई गोल गरे । मार्कविवन्होसले एक गोल थपे । बायर्नका एरिक म्याक्सिम मोटिङ र थोमस मुलरले एक एक गोल फर्काए । बायर्नको मैदानमा तेस्रो मिनेटमा एमबाप्पेले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए ।

खेलको २८ औं मिनेटमा मार्क्विवन्होसले गोल गर्दै पीएसजीको अग्रता २–० को बनाए । खेलको ३७ औं मिनेटमा मोटिङले गोल गर्दै बायर्नलाई २–१ को स्थितिमा ल्याए । ६० औं मिनेटमा मुलरले गोल गरेपछि खेल २–२ को बराबरीमा पुग्यो ।

तर, खेलको ६८ औं मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीलाई ३–२ को जित दिलाए । जितसँगै पीएसजीले बायर्नविरुद्ध गत वर्षको फाइनलमा व्यहोरेको हारको बदला लिएको छ । गत सिजन पीएसजीलाई १–० गोल अन्तरले हराउँदै बायर्नले उपाधि जितेको थियो ।
०००

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);