पाकिस्तानसँग दक्षिण अफ्रीका २८ रनले पराजित | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

पाकिस्तानसँग दक्षिण अफ्रीका २८ रनले पराजित

एजेन्सी, २६ चैत । घरेलु टिम दक्षिण अफ्रीकाविरुद्धको तीन खेलको एकदिवसीय क्रिकेट सिरिज पाकिस्तानले जितेको छ ।

बुधबार भएको तेस्रो तथा अन्तिम खेलमा दक्षिण अफ्रीकालाई २८ रनले पराजित गर्दै पाकिस्तानले सिरिज २–१ ले जितेको हो । पाकिस्तानले दिएको ३ सय २१ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको दक्षिण अफ्रीका ४९ ओभर ३ बलमा अलआउट हुँदै २ सय ९२ रनमा समेटियो ।

दक्षिण अफ्रीकाका लागि जन्निमान मालनले ७० रनको अर्धशतकीय इनिङ्स खेलेपनि टिमलाई जित दिलाउन सकेनन् । यस्तै केली भेरीनीले ६२ रन जोड्दा एडिलेले ५४ रनको अर्धशतकीय इनिङ्स खेले ।

पाकिस्तानका सहिन साह अफ्रिदी र मोहमद नवाजले ३÷३ विकेट लिए । हरिस राउफले २ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले ५० ओभरमा ७ विकेट गुमाएर ३ सय २० रन बनाएको थियो । पाकिस्तानका फखर जमानले १ सय १ रनको शतकीय इनिङ्स खेले ।

यस्तै कप्तान बाबर आजमले ९४ रनको योगदान दिँदा इमाम उल हकले ५७ रनको योगदान दिए । दक्षिण अफ्रीकाका केशव महाराजले ३ र एडिन मार्क्रमले २ विकेट लिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);