दोस्रो टी–ट्वान्टी क्रिकेटमा इंग्ल्यान्डको जित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

दोस्रो टी–ट्वान्टी क्रिकेटमा इंग्ल्यान्डको जित

एजेन्सी । इंग्ल्यान्डले दोस्रो टी–ट्वान्टी क्रिकेटमा पाकिस्तानलाई पराजित गरेको छ ।

लिड्समा आइतबार राति भएको खेलमा इंग्ल्यान्डले पाकिस्तानलाई ४५ रनले पराजित गरेको हो । इंग्ल्यान्डले दिएको २ सय १ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५५ रन मात्र बनाउन सक्यो पाकिस्तानका मोहमद रिजवानले ३७, शादब खानले अविजित ३६ रन र कप्तान बाबर आजम २२ रन बनाउनु बाहेक अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् ।

बलिङमा इंग्ल्यान्डका साकीब महमुदले ३ तथा मोइल अली र आदील राशिदले २÷२ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले १९ ओभर ५ बलमा अलआउट हुँदै २०० रन बनाएको थियो । इंग्ल्यान्डका जोस बट्लरले ५९ रनको अर्धशतकीय इनिङ्स खेले ।

त्यस्तै मोइन अलीले ३६ रन जोड्दा लियाम लिभिङस्टोनले ३८ रन बनाए । पाकिस्तानका मोहमदले ३ तथा हरिस राउफ र इमाद वासिमले २-२ विकेट लिए । यस जितसँगै इंग्ल्यान्डले ३ खेलको सिरिजमा १–१ को बराबरी गरेको छ । पहिलो टी–ट्वान्टीमा पाकिस्तानले इंग्ल्यान्डलाई ३१ रनले पराजित गरेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);