टोकियो ओलम्पिकको ओलम्पिक भिलेज भित्रै कोरोना संक्रमित | ईमाउण्टेन समाचार

Our Network

फागुन २७ २०८०, आइतबार

टोकियो ओलम्पिकको ओलम्पिक भिलेज भित्रै कोरोना संक्रमित

tokyo olympics

एजेन्सी । टोकियो ओलम्पिकको ‘ओलम्पिक भिलेज’ भित्रै कोरोना संक्रमित भेटिएका छन् । ओलम्पिकको आयोजक कमिटिले ओलम्पिक भिलेज भित्र कोरोना संक्रमित भेटिएको पुष्टि गरेको हो ।ओलम्पिकमा सहभागि हुन विदेशबाट आएका एक व्यक्तीमा कोरोना संक्रमण भएको बताइएकाे छ ।

टोकियो ओलम्पिक औपचारिकरुपले सुरु हुनअब ६ दिनमात्रै बाँकी छ । तर भिलेजभित्रै कोरोना संक्रमण पुष्टि भएपछि आयोजकहरुमा चिन्ता थपिएको छ । कोरोना संक्रमण देखिएपछि ओलम्पिक भिलेजबाट छुट्टै स्थानमा आइसोलेसनमा राखिएको छ । टोकियो ओलम्पिक जुलाई २३ देखि अगस्ट ८ सम्म हुनेछ ।

ओलम्पिकमा नेपालबाट पौडीमा दुई तथा एथ्लेटिक्स, जुडो र शुटिङमा एक एकजना खेलाडीले प्रतिस्पर्धा गर्दै छन् । ओलम्पिकमा सहभागिता जनाउने नेपालको एथलेटिक्स प्रशिक्षक इन्द्रकुमारी मल्ललाई कोरोना भाईरसको संक्रमण देखिएको छ । जापान प्रस्थान गर्नु अघि गरिएको परिक्षणमा प्रशिक्षक मल्ललाई कोरोना पोजेटिभ देखिएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);