टोकियो ओलम्पिकमा नेपालको झण्डा गौरिका सिंहले बोक्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

टोकियो ओलम्पिकमा नेपालको झण्डा गौरिका सिंहले बोक्ने

gaurika singh 4 gold

काठमाडाैं । जापानमा आयोजना हुने टोकियो ओलम्पिकमा नेपालको झण्डा पौडीकी गौरिका सिंहले बोक्ने भएकी छिन् ।

नेपाल ओलम्पिक कमिटिले मंगलबार पत्रकार सम्मेलन गर्दै ओलम्पिकको उद्घाटनको मार्च पासमा गौरिकाले नेपालको झण्डा बोक्ने जानकारी दिएको छ ।

गौरिकाले दोस्रो पटक ओलम्पिक खेल्न लागेकी हुन् । उनी २०१६ को रियो ओलम्पिकमा ओलम्पिककै सर्वाधिक कम उमेरको खेलाडी बनेकी थिइन् । नेपालमा आयोजना भएको १३ औं सागमा गौरिकाले ४ स्वर्ण, २ रजत र ३ कांस्य जितेकी थिइन् । यस्तै नेपाली टोलीको सेफ द मिसनमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश कुमार सिलवाल रहेको ओलम्पिक कमिटिले जनाएको छ ।

टोकियो ओलम्पिकमा नेपालबाट खेलाडी र अफिसियल गरि कुल २६ जनाको सहभागिता रहने ओलम्पिक कमिटीले जनाएको छ । जसमा पाँच खेलाडी र चार प्रशिक्षक छन् । टोकियो ओलम्पिकमा पौडीबाट गौरिकासँगै एलेक्जेन्डर शाह (एलेक्स) एथलेटिक्सकी सरस्वती चौधरी, सुटिङकी कल्पना परियार र जुडोकी सोनिया भट्टले नेपालको प्रतिनिधित्व गर्ने छन् ।

पौडीका दुई र एथलेटिक्सका एक खेलाडीले युनिभर्सियालियाटी प्लेस’ अन्तर्गत ओलम्पिक खेल्न लागेका हुन् । बाँकी दुई खेलाडीले भने वाइल्ड कार्ड पाएका हुन् । गौरिकाले वुमेन्स १०० सय फ्रि स्टाइल र एलेन्जान्डरले मेन्स १०० मिटर फ्रि स्टाइलमा खेल्नेछन ।

कल्पनाले वुमेन्स १० मिटर एयर राइफल, सानियाले वुमेन्स ४८ केजी तौल समूह तथा सरस्वतिले वुमेन्स १०० मिटर दौडमा सहभागिता जनाउने छिन् । प्रशिक्षकमा पौडीका शंकर कार्की, सुटिङका असिम यादव, जुडोका सूर्यनारायण श्रेष्ठ र एथलेटिक्सकी इन्द्रकुमारी मल्ल रहेका छन् । टोकियो ओलम्पिक जुलाई २३ देखि अगस्ट ८ सम्म हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);