टोकियो ओलम्पिककाे उद्घाटन आज | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

टोकियो ओलम्पिककाे उद्घाटन आज

काठमाडाैं । विश्व खेलकुदको कुम्भमेला ३२ औं गृष्मकालीन ओलम्पिक खेलकुद आजबाट जापानमा सुरु हुँदैछ ।

राजधानी टोकियोमा आयोजना हुने एक विशेष कार्यक्रमका बीच ’टोकियो ओलम्पिक’ औपचारिक रुपमा सुरु हुन लागेको हो । ओलम्पिक स्टेडियममा हुने उद्घाटन समारोह नेपाली समय अनुसार अपरान्ह ४ः४५ बजे सुरु हुनेछ ।

उद्घाटन समारोहमा खेलाडीको मार्च पाससहित विभिन्न कार्यक्रमहरु हुनेछ । टोकियो ओलम्पिकमा सहभागिता जनाउन विश्वभरका खेलाडी, प्रशिक्षक र अफिसियलहरु जापान पुगिसकेका छन् । नेपालबाट खेलाडीसहित २३ सदस्सीय टोली टोकियो पुगिसकेका छन् ।

टोकियो ओलम्पिकको उद्घाटन सत्रको मार्च पासमा नेपालको झण्डा पौडी खेलाडी गौरिका सिंह र एलेक्जेन्डर शाहले बोक्ने छन् । नेपाली टोलीको सेफ द मिसनमा राष्ट्रिय खेलकुद परिषद् राखेप सदस्य सचिव रमेश कुमार सिलवाल रहेकाे छ ।

टोकियो ओलम्पिकमा नेपालबाट ४ खेलका ५ खेलाडी युनिभर्सियालियाटी कोटा र वाइल्ड कार्डमार्फत टोकियो पुगेका हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);