सोनियाले टोकियो ओलम्पिकका लागि पाइन् वाइल्ड कार्ड | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सोनियाले टोकियो ओलम्पिकका लागि पाइन् वाइल्ड कार्ड

काठमाडाैं । नेपाली जुडो खेलाडी सोनिया भट्टले टोकियो ओलम्पिक २०२० का लागि वाइल्ड कार्ड प्राप्त गरेकी छन् ।

टोकीयो ओलम्पिकमा जुडोको ४८ केजीमुनिको प्रतिस्पर्धामा सहभागिता जनाउन सोनियाले वाइल्ड कार्ड प्राप्त गरेकी हुन् । यसका साथै अहिलेसम्म टोकियो ओलम्पिकका ५ खेलमा नेपालको सहभागीता निश्चित भएको छ ।

नेपालले पौडी, एथलेटिक्स, सुटिङ्ग, तेक्वान्दो र जुडोले ओलम्पिकमा सहभागिता जनाउने भएको हो । पौडी र एथलेटिक्समा अनिवार्य सहभागी हुने भए तापनि सुटिङ, तेक्वान्दो पारा र जुडोले वाइल्ड कार्डमार्फत सहभागिता जनाउने भएको हो ।

यस अघि सुटिङकी कल्पना परियार, पौडीका गौरिका सिंह, एलेक्स शाह र म्याराथनका गोपीचन्द्र पार्की टोकिया ओलम्पिकमा सहभागि हुने निश्चित भइसकेको छ ।

टोकियो ओलम्पिक जुलाई २३ देखि अगस्ट ८ सम्म हुनेछ । ओलम्पिकमा ३३ खेलमा कुल ३ सय ३९ पदकका लागि प्रतिस्पर्धा हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);