अब खेल क्षेत्र पनि चलायमान बनाउनुपर्छ : राखेप सदस्य सचिव सिलवाल | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

अब खेल क्षेत्र पनि चलायमान बनाउनुपर्छ : राखेप सदस्य सचिव सिलवाल

काठमाडौं । कोरोना महामारीको दोस्रो लहर बढेसँगै खेलकूद क्षेत्र शिथिल बन्यो । सरकारले निषेधाज्ञा केही खुकुलो बनाएपनि खेलकूद गतिविधि सञ्चालन गर्न अनुमति दिएको छैन । यद्यपि राष्ट्रिय खेलकूद परिषद्ले अन्तर्राष्ट्रिय स्तरमा सहभागिता जनाउने खेललाई भने स्वास्थ्य सर्तकताका मापदण्ड अपनाएर सञ्चालन गर्न अनुमति दिएको छ ।

अहिले केही खेलका खेलाडीले अभ्यास थालिसकेका छन् । महामारीलाई कारण बनाएर अब खेलकूद गतिविधि रोक्दा खेलाडीलाई स्वास्थ्य चिन्ताले सताउन थालेको छ । चलायमान हुनपर्ने खेलकूद गतिविधि सञ्चालन नहुँदा केही खेलाडीमा मानसिक तनाब पनि बढ्दो क्रममा छ ।

राष्ट्रिय खेलकूद परिषद (राखेप)का सदस्य सचिव रमेश कुमार सिलवाल कोरोना महामारीको बहानामा खेलकूद गतिविधि रोक्नु उचित नहुने तर्क गरेका छन् । उनले स्वास्थ्य मापदण्ड पालना गरेर खेलकूदलाई चयालयमान बनाउनुपर्नेमा जोड दिए ।

राष्ट्रिय खेलकूद परिषद (राखेप)का सदस्य सचिव शिलवालसंग गरेको अन्र्तरवार्ताको सम्पादित अंश ।

प्रश्न : सरकारले अझै पनि खेलकूद क्षेत्रलाई खुल्ला नगरेको र कोरोना महामारी बीचमा राष्ट्रिय खेलकूद परिषद्ले आफ्ना गतिविधिलाई कसरी सञ्चालन गरिरहेको छ ?
उत्तर : खेलकूद भनेको चलायमान संस्था हो । चलायमान नै बनाउनु पर्छ । म केही दुई चारवटा प्रतिनिधिमूलक उदाहरणहरु दिउ । नेपाल सरकारले जमघट हुने स्थलको रुपमा खेलकूद गतिविधि, शिक्षण संस्था, सिनेमा हल जस्ता स्थललाई रोक लागाएको छ । सबैभन्दा पछि, अन्तिममा खुल्ने भनेको खेलकूद, शिक्षण संस्था, पार्टी प्यालेस आदि हुन् । सभा समारोह बैठक आदि थिए । नेपाल सरकारसँग खेलकूदको महत्वबारे चर्चा गरिसकेका छौं । कोभिड १९ को सयमा खेल क्षेत्र किन चलयामान हुनुपर्छ, खेलाडीहरु किन फिजिकल्ली, मेन्टल्ली फिट हुनुपर्छ । कोचहरु किन फिट हुनुपर्छ । खेलाडी र कोचलाई अभ्यास जरुरी हुन्छ ।

यही विषयलाई लिएर फुटबलका गतिविधि सञ्चालन ग¥यौं । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरु सम्पन्न भयो । क्रिकेटको गतिविधि पनि सञ्चालनमा आए । भलिबलले पनि गतिविधि सञ्चालन ग¥यो । पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसल) पनि सम्पन्न भयो । खेलाडीको हकमा फ्रेन्चाइज प्रतियोगिताले धेरै सहयोग ग¥यो । अहिले हामी खेलकूद क्षेत्र र कोभिड–१९ को दोस्रो लहरबाट बच्न सरकारले जारी गरेका मापदण्ड दुबै विषयलाई सम्बोधन गर्ने लक्ष्यमा छौं । यो बिचमा नेपाल सुपर लिग किन गराएको भन्ने प्रश्न पनि आएको थियो । हामीले उक्त प्रतियोगिताका लागि अपनाउनु पर्ने मापदण्ड अपनाउँदै बन्द रंगशालामा सम्पन्न ग¥यौं । लकडाउनका कारण घरमै बसेका दर्शकका लागि यो प्रतियोगिताले मनोरञ्जन दियो । अर्को पक्ष भनेको धेरै खेलाडीले आफ्नो प्रतिभा देखाउने मौका पाए ।

पारिश्रमिकको हिसाबमा पनि खेलाडी लाभान्वीत भए । अहिले हामीले केही–केही खेललाई चलायमान गराइसकेका छौं । जस्तै ओलम्पिकमा क्वालिफाइङमा परेका खेलाडीको अभ्यास सूचारु भइसकेको छ । त्यस्तै गरी फुटबल अभ्यासलाई पनि निरन्तरता दिएका छौं । एसियन भलिबल च्याम्पियसिपमा सहभागी हुने महिला भलिबले पनि अभ्यास थालेको छ । अन्तर्राष्ट्रिय स्तरमा सहभागी हुने प्रतियोगिताहरुको लागि अभ्यास सूचारु भइसकेको छ भने अन्यको हकमा अझै केही समय पर्खिनु पर्नेछ । अझै मासमा लग्नु हतार हुन्छ । क्रमशः हामी खुला वातारणमा अगाडि बढ्नुपर्छ । यसमा हामी संवेदनशील छौं ।

प्रश्न : कोरोना महामारीको बीचमा क्यालेन्डरका प्रतियोगिता प्रभावित भएका छन् । ती प्रतियोगिता सञ्चालन गरिन्छ गरिदैँन ?
उत्तर : खेलकूद प्रतियोगिता सञ्चाल गर्नु परिषदको मात्र दायित्व होइन । संघहरुको मात्र दायित्व पनि होइन् । नागरिकको चासोको विषय बन्नुपर्छ । तीनै तहको सरकारले खेलकूदलाई चासोका साथ हेर्नुपर्छ । आयोजक संस्थाहरुको पनि चासोको विषय बन्नुपर्छ । यो वर्ष करिब ८ देखि १० वटा खेलको फ्रेन्चाई प्रतियोगिता हुँदैछन् । लगानीकर्ताले लगानी गर्नुको उदेश्य आर्थिक हिसाबमा मात्र हुँदै छन् । केहीले प्रचारका लागि लगानी गरेका हुन्छन् ।

यस्ता प्रतियोगिता दर्शकविना सञ्चालन गर्न सहज हुँदैन । यही अवस्थाले गर्दा केही समय “वेट एन्ड सी’ भन्ने अवस्थामा आयोजक बस्नुभएको छ । कोरोनाको महामारी केही मत्थर भएर सहज हुने अवस्था भयो भने महिला फुटबलको, भलिबलको, ब्याडमिन्टन, टेबल टेनिस, कबड्डी, क्रिकेटको फ्रेन्चाईज प्रतियोगिता हुँदैछ । अहिले धैर्य गर्नुपर्छ । बर्षाद्को समय भएकाले सहज छैन । यस्ता प्रतियोगिता बर्षा सकिए सँगै आयोजना हुन्छन् । कर्भडहलमा आयोजना हुने इन्डोर खेलका केही प्रतियोगिता छन् । यस्ताका लागि पनि दर्शक चाहिन्छ नै । अहिले मेची महाकाली स्तरमा प्रतियोगिता सञ्चालन गर्न कोभिडको महामारी छ । यद्यपि छिट्टै गतिविधि सञ्चालन गर्न हामी आतुर छौं । सहज वातावरण भए क्यालेन्डरका प्रतियोगिता सम्पन्न हुन्छन् ।

प्रश्न : नवौं रािष्ट्रय खेलकूद पोखरामा आयोजना हुँदैछ । छनोट प्रतियोगिता देखि अन्य भौतिक पूर्वाधार निर्माण, मिति तय गर्ने जस्ता विषयमा राखेपले के तयारी गरेको छ ?
उत्तर : हामीले नवौं राष्ट्रिय खेलकूद फागुनमा गर्ने लक्ष्य राखेका छौं । अझै सम्म पनि मिति किन नतोकिएको भन्ने प्रश्न आउँला । अहिले हामी देशेको परिस्थिती हेरिरहेका छौं । मंसिरमा चुनाव छ । चुनाव हुने अवस्था रह्यो भने सोही अनुसार क्यालेन्डर बनाउनुपर्छ । कम्तीमा पनि हामीले सेलेक्सन प्रतियोगिता गर्न तीन महिना अवधि दिनुपर्छ । गरिस् भन्दा गरेँ भन्ने जस्तो बनाउनु हुँदैन । खेलाडीलाई सुचना दिनुप¥यो । स्थानीयह, जिल्ला, प्रदेश हुँदै राष्ट्रिय स्तरमा छनोट हुनुप¥यो ।

यो बीचमा पर्याप्त समय दिनुपर्छ । जसले गर्दा राष्ट्रिय खेलकूदमा प्रतिस्पर्धा प्रतिस्पर्धात्मक बन्छ । प्रशिक्षकलाई पनि समय चाहिन्छ । हाम्रो सोच फागुनमा गर्ने छ । त्यसका लागि अवस्था नियाल्नु पर्नेछ । फागुनमा गर्ने विषयमा कोभिड महामारीको विषय छ । कोभिडका कारण अघिल्लो साल हुन सकेन । अझै यो वर्ष राष्ट्रिय चुनाव घोषणा भएको छ । सर्वोच्च अदालतमा मुद्धा पनि छ । स्थानीय चुनाव पनि यसै वर्ष छ । स्थानीय चुनावको मितिसँग पनि हामीले राष्ट्रिय खेलकूदको मिति जुधाउनु हुँदैन । यी दुबै पक्षलाई दृष्टिगत गर्दै अगाडि बढाउने सोचमा छौं ।

प्रश्न : अघिल्लो वर्षको तुलनामा यो वर्ष बजेट केही बढेर आएको छ । पर्याप्त हुन्छ ?
उत्तर : बजेटको विषयमा मेरो प्रस्ट धारणा छ । जोजो विकसित राष्ट्रहरुले खेलकूदमा प्रगति गरे त्यहाँ राज्य, निजिक्षेत्र र आम जनसमुदायको लगानी छ । हाम्रो बजेटलाई हेर्दा त्यस्तो स्थिति छैन । अन्य देशमा १ देखि २ प्रतिशत छुट्याउने चलन छ । विगतको हेर्दा र केलाउँदा हाम्रो बजेट अपर्याप्त छ । सबै खेलकूदमा आशातित नतिजा निकाल्नका लागि छुट्याइएको बजेट काफी छैन । कम्तीमा पनि १ प्रतिशत लगानी गर्नुपर्छ । १ प्रतिशत लगानी गर्न नसके हामीले राम्रो पूर्वाधार बनाउन पनि सक्दैनौं ।

राम्रो प्रतियोगिता आयोजना गर्न पनि सम्भव हुँदैन, राम्रो प्रशिक्षण, खेलकूदको माहोल पनि सम्भव छैन । खेलक्षेत्रमा लागेकालाई सम्मान पनि दिन सक्दैन् । खेलकूद व्यवसायिक हिसाबमा अगाडि बढ्न कठिन हुन्छ । यो विषयलाई बारम्बार उठाइरहेको छु । मेरो आग्रह उहाहरुसँग यही हो । अहिले नेपालमा २२ वटा मन्त्रालय छन् । एउटा मन्त्रालयमा ४.५ प्रतिशत बजेट मिल्छ । हामीले ३.५ प्रतिशत काटेर १ प्रतिशत दिनुुस्,१ प्रतिशत त पाउनु पर्छ भनेर माग राखेका छौं ।

तर नितिगत हिसाबमा अहिले सरकारले राम्रो गरेको छ । हामीले उठाएका कुरामा सम्बोधन गरेको छ । नीतिगत र कार्यान्वयन गर्न बजेट चाहिन्छ । बजेट अपर्याप्त छ । पञ्चवर्षिय योजनामा नेपाल सरकारले के के गर्ने तोकिदिएको छ । तोकिएको रकम मध्येबाट खर्च गर्न हामीलाई १ खर्ब १२ अर्ब रुपैयाँ आवश्यक पर्छ । यो रकम योजना आयोगमा पारेको छ । तर यो पाँच वर्षको अवधिमा हामीले प्राप्त गर्ने रकम कम हुन्छ । योजना आयोगले पेश गरेको देखाउन या कार्यान्वयन गर्नका लागि हो ।

देखाउन मात्र हो भने मेरो भनाई केही छैन । यदि कार्यान्वयन गर्न हो भने यो निति राम्रो छ । यो नितिलाई कार्यान्वयन गर्न बजेट पर्याप्त हुनुपर्छ । बजेट चाहि १० प्रतिशत उपलब्ध गराइन्छ अनि नतिजा सय प्रतिशत खोजिन्छ भने त्यो सम्भव छैन । यदि सकिँदैन भने हामी खोज्छौं । कम्तीमा पनि राज्यको लगानी राम्रो हुनुपर्छ । लगानीविना प्रतिफल सम्भव छैन । पोहोरको भन्दा केही बढेको अवश्य हो । हामीले गरेका काममा सरकारले बजेट रोकेको छैन । थप कार्यक्रममा भए थप बजेट उपलब्ध गराएर पनि प्रतियोगिता भएका छन् ।

१३ औं सागको आयोजना गर्दा अर्थमन्त्रालयबाट नै बजेट छुट्टिएको थियो । अहिले पनि नवौ राष्ट्रिय खेलकूदका लागि छुट्टयाइएको बजेट अपुग छ । आवश्यक परे बजेट निकास गर्छौं भनेर सरकारले आश्वासन दिएको छ । १४ औं साग अनिश्चित छ । १४औं सागको मिति आइसक्यो । पाकिस्तानमा हुने भनेको हो तर पाकिस्तानबाट आधिकारिक निमन्त्रणा अहिले सम्म आएको छैन । यस्ता कार्यक्रममा बजेट उपलब्ध गराउँछौ भन्ने आवश्वान पाएका छौं । मेरो विचारमा बजेट नपाइएला भन्ने चिन्ता हुँदैन कि ?

प्रश्न : कोरोना महामारी अझै सकिएको छैन । कार्यभार सम्हालेको पनि झन्डै १ वर्ष हुनलाग्यो, खेलकूद गतिविधि अगाडि बढाउन तपाईको कस्तो योजना थियो? कार्यप्रगतिबाट सन्तुष्ट हुनुहुन्छ ?
उत्तर : यस अघि पनि भनी सकेँ मैले । हामीले दुबै पक्षलाई ध्यान दिनुपर्छ । सरकारले भनेको निर्देशनलाई पालन गर्नुपर्छ । नगर भनेको गर्नु हुँदैन । महामारीको समयमा हामीले सीमित प्रतियोगितालाई अनुमति दिएका छौं । त्यो पनि दर्शक विना । सबै जिल्लामा जिल्ला अनुसारको लकडाउनको अवस्था छ ।

खेलकूद परिषद्ले सबै जिल्लामा, प्रदेशमा सर्कुलर गरेर लकडाउनको प्रकृति हेरेर प्रशिक्षण र प्रतियोगिता आयोजना गर्न समन्वय गरेर अनुमति दिन भनेका छौं । उपलब्ध स्रोत र साधनको प्रयोग गरेर अभ्यासलाई निरन्तरता दिन भनेका छौं । जुमबाट पनि अभ्यास दिलाएका छांै । तर यो भौतिक रुपमा उपस्थित भएर गरे जस्तो प्रभावकारी भने हुँदैन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);