त्रिकोणात्मक सिरिज स्थगित भएपछि नेपाली क्रिकेट टोलीको प्रशिक्षण पनि रोकियो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

त्रिकोणात्मक सिरिज स्थगित भएपछि नेपाली क्रिकेट टोलीको प्रशिक्षण पनि रोकियो

काठमाडाैं । नेपालले राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण स्थगित गरिएको छ । आउँदो जुलाईमा स्पेनमा हुने भनिएको त्रिकोणात्मक सिरिज स्थगित भएपछि त्रिभुवन विशवविद्यालयको क्रिकेट मैदानमा भइरहेको बन्द प्रशिक्षण पनि स्थगित गरिएको हो । गत मंगलबारबाट बन्द प्रशिक्षण सुरु गरिएको थियो ।

नेपाल क्रिकेट संघ (क्यान) ले प्रेस विज्ञप्ती जारी गर्दै बन्द प्रशिक्षण स्थगित भएको तर सा–साना समूहमा खेलाडीहरुले अभ्यास भने जारी राख्ने बताएको छ । कोभिड–१९ प्रोटोकल पालना गर्दै प्रशिक्षक डेभ ह्वाटमोर तथा फिजियो विक्रम न्यौपानेले अभ्यास गराउने क्यानको भनाइ छ ।

स्पेनमा नेपाल, स्कटल्यान्ड र नामिबिया सम्मिलित सिरिज आयोजना हुने तालिका थियो । नामिबियामा कोभिड–१९ संक्रमणमा पर्नेको संख्या बढेको र त्यहाँको राष्ट्रिय टिमले तयारी गर्न नपाएको भन्दै आईसीसीले विश्व क्रिकेट डिभिजन–२ अन्तर्गतको सिरिज स्थगित गरेको हो । अन्तराष्ट्रिय क्रिकेट नियामक संस्थाले स्थगित सिरिज आउँदो जुलाई २०२२ मा आयोजना हुने बताएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);