ओमानमा नेपाली क्रिकेट टोलीको पहिलो अभ्यास | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

ओमानमा नेपाली क्रिकेट टोलीको पहिलो अभ्यास

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिज र पपुवा न्युगिनी (पिएनजी) सँगको खेलका लागि ओमान पुगेको नेपाली टिमले पहिलो दिनको प्रशिक्षण गरेको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले  बिहीबार ओमान पुगेको टोलीले पहिलो प्रशिक्षण पूरा गरेको जनाएको हो  । 

ओमान भ्रमणका लागि क्यानले ज्ञानेन्द्र मल्लको कप्तानीमा १७ सदस्यीय टिमको घोषणा गरेको थियो । तीब्र गतिका बलर गुलशन झा पहिलो पटक राष्ट्रिय टोलीमा परेका छन् ।  

नेपाल, ओमान र अमेरिकाबीचको सिरिज २८ भदाैदेखि ४ असोजसम्म आयोजना हुनेछ । 

सिरिज अघि नेपालले पपुवा न्युगिनी (पीएनजी) सँग दुई एकदिवसीय खेल खेल्नेछ । नेपालले पीएनजीसँग पहिलो खेल सेप्टेम्बर ५ र दोस्रो खेल सेप्टेम्बर ८ (भदौ २० र २३) मा खेल्ने क्यानले जनाएको छ।

नेपाली टिम :
ज्ञानेन्द्र मल्ल (कप्तान),  कुशल भुर्तेल, आरिफ शेख, दिपेन्द्र सिंह ऐरी (उपकप्तान), आशिफ शेख, गुलशन झा, कुशल मल्ल,विनोद भण्डारी,करण केसी,सन्दीप लामिछाने,सोमपाल कामी, अविनाश बोहरा, शुशन भारी,शरद भेषवाकर,बिक्रम शोब, पवन सर्राफ,रोहित कुमार ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);