नेपालले पपुवा न्युगिनीसँग २ वटा मैत्रिपूर्ण एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

नेपालले पपुवा न्युगिनीसँग २ वटा मैत्रिपूर्ण एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने

काठमाडाैं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले पपुवा न्युगिनीसँग एकदिवसीय अन्तराष्ट्रिय क्रिकेट अन्तर्गत २ वटा खेल खेल्ने भएको छ । नेपाल क्रिकेट संघ क्यानले सोमबार नेपाली टोलीले ओमानमा पीएनजीसँग दुई एकदिवसीय अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने जानकारी दिएको हो ।

नेपालले पीएनजीसँग पहिलो खेल भदौ २० र दोस्रो खेल भदौ २३ गते खेल्ने क्यानले जनाएको छ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिज अघि नेपालले पीएनजीसँग खेल्न लागेको हो ।

लिग–२ अन्तर्गत नेपालले सेप्टेम्बरमा ओमान र अमेरिकासँग त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्नेछ । यसका लागि नेपालले प्रशिक्षण सुरु गरिसकेको छ । यसअघि लिग–२ अन्तर्गत नेपालले घरेलु मैदानमा ओमान र अमेरिकासँग ४ खेल खेलिसकेको छ ।

लिगमा नेपालले ४ खेलमा ४ अंक जोडेको छ । नेपाल छैटौं स्थानमा रहेको छ । ओमान १० खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । १२ खेलमा १२ अंक जोडेको अमेरिका दोस्रो स्थानमा रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);