भारतसँग इंग्ल्याण्ड १ सय ५१ रनले पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

भारतसँग इंग्ल्याण्ड १ सय ५१ रनले पराजित

एजेन्सी । पाहुना टोली भारतले दोस्रो टेस्ट क्रिकेटमा घरेलु टिम इंग्ल्यान्डलाई पराजित गरेको छ ।

सोमबार राति भएको खेलमा भारतले इंग्ल्यान्डलाई १ सय ५१ रनले पराजित गरेको हो । यस जितसँगै भारतले पाँच खेलको सिरिजमा १–० को अग्रता बनाएको छ । भारतले ८ विकेट गुमाएर २ सय ९८ रनमा दोस्रो इनिङ्स समाप्तिको घोषणा गर्दै इंग्ल्यान्डलाई २ सय ७२ रनको लक्ष्य दिएको थियो ।

जवाफी ब्याटिङ थालेको इंग्ल्यान्डले अलआउट हुँदै १ सय २० रन मात्र बनाउन सक्यो । उसका कप्तान जोए रुटले ३३ रन जोड्दा जोस बट्लरले २५ रन बनाए । मोइन अली १३ रनमा आउट भए । भारतका मोहमद सिराजले ४ विकेट लिए ।

जस्प्रित बुम्राहले ३ तथा इशान्त शर्माले २ विकेट लिए । त्यसअघि दोस्रो इनिङ्समा भारतका अजिन्का रहानेले ६१ रनको अर्धशतकीय इनिङ्स खेल्दा मोहमद शामीले ५६ रनको अर्धशतकीय इनिङ्स खेले ।

यस्तै चेतेश्वर पुजाराले ४५, जस्प्रित बुम्राहले ३४, ऋषव पन्तले २२, रोहित शर्माले २१ र कप्तान विराट कोहली २० रन बनाए । इंग्ल्यान्डका मार्क उडले ३ तथा मोइन अली र ओली रोबिनसनले समान २÷२ विकेट लिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);