इंग्ल्यान्डविरुद्धको दोस्रो टेस्ट क्रिकेटमा भारत विजयी | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

इंग्ल्यान्डविरुद्धको दोस्रो टेस्ट क्रिकेटमा भारत विजयी

काठमाडौं, ४ फागुन । इंग्ल्यान्डविरुद्धको दोस्रो टेस्ट क्रिकेट भारतले जितेको छ । भारतको चेन्नईमा मंगलबार भारतले इंग्ल्यान्डलाई ३ सय १७ रनले पराजित गरेको हो । जितसँगै भारतले ४ टेस्टको श्रृखला १–१ बाट बराबरीमा रहेको छ ।

पहिलो टेस्टमा इंग्ल्यान्डले भारतलाई २ सय २७ रनले हराएको थियो । भारतले दिएको ४ सय ८२ रनको लक्ष्यसहित ब्याटिङ थालेको इंग्ल्यान्डले दोस्रो इनिङ्समा अलआउट हुँदै १ सय ६४ रन बनायो । दोस्रो इनिङ्समा इंग्ल्यान्डका मोइन अलीले सर्वाधिक ४३ रन बनाए । यस्तै जोय रुटले ३३ रन जोड्दा डान लरेन्सले २६ रन बनाए । भारतका अक्षर पटेलले ५ रिविचन्द्र आश्विनले ३ तथा कुलदिप यादवले २ विकेट लिए ।

यस अघि दोस्रो इनिङ्समा भारतले अलआउट हुँदै २ सय ८६ रन बनाएपछि इंग्ल्यान्डले ४ सय ८२ रनको उच्च लक्ष्य पाएको हो । भारतका लागि रविचन्द्र आश्विनले १ सय ६ रनको शतकीय इनिङ्स खेले । उनको यो टेस्टमा पाँचौं शतक हो । यस्तै कप्तान विराट कोहलीले ६२ रन जोड्दा रोहित शर्माले २६ रन बनाए । इंग्ल्यान्डका ज्याक लिच र मोईन अलीले ४–४ विकेट लिए ।

पहिलो इनिङ्समा भारतका लागि रोहित शर्माले १ सय ६१ रनको शतकीय इनिङ्स खेले । चेन्नईमा उनको यो पहिलो शतक हो । तेस्रो टेस्ट फागु १२ गते अहमदावादमा सुरु हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);