इंग्ल्यान्डविरुद्धको पहिलो टेष्टमा पाहुना टोलि वेष्ट इन्डिज विजयी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

इंग्ल्यान्डविरुद्धको पहिलो टेष्टमा पाहुना टोलि वेष्ट इन्डिज विजयी

एजेन्सी, २९ असार । साउथह्याम्पटनको एजेस बाउलमा आइतबार वेष्ट इन्डिजले इंग्ल्यान्डलाई ४ विकेटले पराजित गरेको हो । जितसँगै तीन खेलको सिरिजमा वेष्ट इन्डिजले १–० को अग्रता बनाएको छ ।

पहिलो टेष्टको पाँचौ दिन दोस्रो इनिङ्समा घरेलु टोली ३ सय १३ रनमा अलआउट भएपछि वेष्ट इन्डिजले २ सय रनको लक्ष्य पाएको थियो । इंग्ल्यान्डबाट पाएको मध्यम लक्ष्य वेष्ट इन्डिजले ६ विकेट गुमाएर पुरा गर्यो । वेष्ट इन्डिजका लागि जेर्मानी ब्लाकवुडले ९५ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै रोस्टन चेसले ३७ तथा शेन डरिचले २० रन बनाए ।

कप्तान जासन होल्डर १४ रनमा अविजित रहे । इंग्ल्यान्डका जोफ्रा आर्चरले ३ तथा कप्तान बेन स्टोक्सले २ विकेट लिएपनि वेष्ट इन्डिजलाई रोक्न सकेनन् । यस अघि दोस्रो इनिङ्समा इंग्ल्यान्डको लागि ज्याक क्रलीले ७६ रनको अर्धशतकीय इनिङ्स खेल्दा डोम सिब्लीले ५० रन बनाए । यस्तै कप्तान बेन स्टोक्सले ४६ रन जोड्दा रोरी ब्रुन्सले ४२ रन जोडे ।

जोफ्रा आर्चरले २३ रन बनाए । वेष्ट इन्डिजका शानोन गार्ब्रिरयलले ५ विकेट लिए । अल्जारी जोसेफ र रोस्टन चेसले २/२ विकेट लिए । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले पहिलो इनिङ्समा अलआउट हुँदै २ सय ४ रन जोडेको थियो । यस्तै वेष्ट इन्डिजले पहिलो इनिङ्समा अलआउट हुँदै ३ सय १८ रन बनाएको थियो । दोस्रो टेष्ट बिहीबारबाट म्यानचेस्टरमा सुरु हुनेछ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);