इंग्ल्यान्डलाई टी-ट्वान्टी सिरिज : वेष्ट इण्डिज १३७ रनले पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

इंग्ल्यान्डलाई टी-ट्वान्टी सिरिज : वेष्ट इण्डिज १३७ रनले पराजित

england vs weste indies

एजेन्सी , २५ फागुन । इंग्ल्याण्डले वेष्ट इन्डिजमाथि ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा शानदार जित हासिल गरेको छ । जित सँगै तीन खेलको टी-ट्वान्टी क्रिकेट सिरिज इंग्ल्यान्डले जितेको छ ।

दोस्रो ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा भ्रमण टोली इंग्ल्याण्डले वेष्ट इन्डिजमाथि १३७ रनको जित दर्ता गरेको हो । १८३ रनको लक्ष्य पछ्याएको वेष्ट इन्डिजले ११ ओभर पाँच बलमा सबै विकेट गुमाएर मात्रै ४५ रन बनाउन सक्यो ।

वेष्ट इन्डिजका लागि शिमरोन हेटमायर र कार्लोस ब्रेथवेटले समान १०–१० रन बनाउनु बाहेक अरुले दोहोरो अंकमा रन बनाउन सकेनन् । इंग्ल्याण्डका क्रिस जोर्डनले चार विकेट लिए ।

यसअघि पहिले ब्याटिङ्ग गरेको इंग्ल्याण्डले ६ विकेटको क्षतिमा १८२ रन बनायो । उसका लागि साम बिलिङ्गसले ८७ तथा जोए रुटले ५५ रन बनाए । वेष्ट इन्डिजले जवाफी ब्याटिङ्गमा बनाएको ४५ रन ट्वेन्ट–ट्वेन्टी अन्तर्रा्ष्ट्रिय क्रिकेटमा कुनै पनि टिमले बनाएको दोस्रो कम रन हो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);