श्रीलंकाविरुद्धको तीन खेलको एकदिवसीय क्रिकेट सिरिजमा वेष्ट इन्डिजको जित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

श्रीलंकाविरुद्धको तीन खेलको एकदिवसीय क्रिकेट सिरिजमा वेष्ट इन्डिजको जित

एजेन्सी,२९ फागुन। घरेलु टिम वेस्ट इन्डिजले श्रीलंकाविरुद्धको तीन खेलको एकदिवसीय क्रिकेट सिरिज जितेको छ ।

वेष्ट इण्डीजको नर्थ साउण्डमा शनिबार सम्पन्न दोस्रो खेलमा ५ विकेटको जित निकाल्दै वेस्ट इन्डिजले तीन खेलको सिरिज एक खेल अघि नै हात पारेको हो ।

श्रीलंकाले दिएको २ सय ७४ रनको लक्ष्य वेस्ट इन्डिजले ४९ ओभर ४ बलमा ५ विकेट गुमाएर पूरा गर्यो । वेस्ट इन्डिजको जितमा इभिन लेविसको १ सय ३ र शाइ होपले ८४ रन बनाए । श्रीलंकाका नुवान प्रदिप र थिसरा परेराले २÷२ विकेट लिए ।

यो खेलमा पहिले ब्याटिङ गरेको श्रीलंकाले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ७३ रन बनाएको थियो । श्रीलंकाका दनुश्का गुनाथिलकाले ९६, दिनेश चण्डीमालले ७१ र डी सिल्भाले ४७ रन बनाए । वेस्ट इन्डिजका जासन मोहमदले ३ तथा अल्जारी जोसेफले २ विकेट लिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);