काठमाडौं । १० भदौको रसुवाको भोटेकोशीमा आएको भीषण बाढीका कारण त्रिशूली ३ एको सुरुङभित्र फसेका ललितपुरका कविर महर्जनको शुक्रवार १० दिनपछि जीवितै उद्धार भयो ।
नेपाली सेनासहित विज्ञ र प्राविधिहरुको टोलीले महर्जनको शुक्रवार विहान सकुशल उद्धार गरी काठमाडौं ल्याइएको छ । उहाँको अहिले सैनिक अस्पताल छाउनीको आईसीयू कक्षमा उपचारमा भइरहेको छ । श्रीमानलाई भेट्न सैनिक अस्पताल पुग्नुभएकी उहाँकी श्रीमति हीराशोभा महर्जनले महर्जन सकुशल फर्किंदा परिवारमा खुसीको सीमा नभएको बताउनु भयो । उहाँले श्रीमानले शुरुमा आफूलाई चिन्न नसकेको भएपनि अहिले अवस्था ठिकै रहेको बताउनु भयो । उहाँले खुट्टामा थोरै चोट र शरिर समेत पहेँलो भएको कारण चिकित्सकको निगरानीमा रहनुभएको बताउनु भयो ।
उहाँ मेकानिकल सुपरभाइजर हुनुहुन्छ ।




