स्थानीय सरकारले वास्ता गरेन, प्रदेश सरकारले सहयोग गर्‍यो | ईमाउण्टेन समाचार

Our Network

चैत २७ २०८०, मंगलबार

स्थानीय सरकारले वास्ता गरेन, प्रदेश सरकारले सहयोग गर्‍यो

विवशकुमार सेजुवाल
सुर्खेत, १६ साउन । कालिकोटको पहिरोमा परी घाइते भएका घाइतेहरुको बिहीबार प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावलको नेतृत्वको टोलिले उद्धार गरी प्रदेश अस्पताल सुर्खेत पु¥याएको छ । बिहीबार उद्धार गरिएका घाइतेहरुमा रास्कोट नगरपालिकाका ३ जना र नरहरीनाथ गाउँपालिकाका २ जनालई हेलिकप्टर मार्फत उद्धार गरिएको हो ।

घाइतेहरुले स्थानीय सरकारले वास्ता नगरेपनि प्रदेश सरकारले सहयोग गरेको बताएका छन् । उनिहरुले स्थानीय सरकारले ३ दिन सम्म पनि कुनै पनि वास्ता नगरेको गुनासो गरे । तर प्रदेश सरकारले हेलिकप्टर पठाएर हामीलाई उपचारको लागि सुर्खेत ल्याएकोमा खुसि लागेको बताएका छन् ।

‘साथि र म सँगै सुतेका थियौ रातिको समयमा घर हिडेको जस्तो भयो म साथि केसपुरा शाहीलाई उठाउन लागे उनलाई पहिरोले च्यापेर मारिहाल्यो , म पनि पहिरोमा पुरिएकी रहेछु मेरो मुखमा पनि ढुङ्गा माटो थियो अरे मलाई थाहा भएन बेहोस भइहाले छु । २ घण्टा पछि होस आयो । अहिले औषधि भएको छ त्यहि मै खुसि छु,’ घाइते यसोदा टमट्टाले बताउनु भयो । उहाँले आफ्नो स्थानीय तह रास्कोट नगरपालिकाले ३ दिन सम्म पनि वास्ता नगरेको गुनासो गर्न भयो ।

रास्कोट नगरपालिका-१ का अर्को घाइते टेक टमट्टाले, ‘पल्टीएको अवस्थामा भुइचालो आए जस्तो भयो, कपडा लगाउ भन्दा भन्दा सबै बगाई लग्यो त्यसको आघा घण्टापछि घरको काठले गर्दा अड्क्याएको हुनाले मलाई बचायो एक छोरी र फुपुलाई बचाएको छु । म आफै बेहोस भैहाले, उहाँले बताउनुभयो ।

अहिले गाउँका मानिसले बगाएको घरमा मेरो केहि छैन भन्दैछन्, मेरो भएको जति सबै बगाईहाल्यो । लगाउने कपडा पनि थिएन । जग्गाको नाममा केहि पनि रहेन उपचार गर्न पनि दिएका थिएनन् अहिले प्रदेश सरकारले यहाँ उपचार गर्न ल्याएको छ । आफुलाई खुसि लागेको उहाँले बताउनु भयो

नगहरीनाथ गाउँपालिका वडा नं. ३ का रत्न भण्डाराले सुतेको अवस्थामा पहिरो आएको बेला पहिला छोरीलाई निकाले र पछि गाउँका छिमेकीलाई बोलाएर श्रीमतिलाई निकालेको बताउनुभयो । सरकारले सकिन्छ भने जो चिज गएको छ त्यो चिज सरकारले दिन पाए राम्रो हुने थियो । भण्डाराले सरकारले गरेको सहयोगले आफुलाई खुसि लागेको बताउनु भयो ।

बिरामीको उपचार र राहतमा पहल गर्छु : सिङ

मुख्यमन्त्रीका प्रमुख स्वकिय सचिव खेम बहादुर सिङले शुक्रबार बिहान घाइतेहरुलाई भेटेर स्वास्थ्य लाभको कामना व्यक्त गर्नु भएको छ । उहाँले घाइतेको अवस्था हेर्दा गम्भीर देखिएको भन्दै उपचारको लागि अस्पताल प्रशासनसँग कुरा गर्ने बताउनु भयो । प्रमुख स्वकिय सचिव सिङले घाइतेहरुको सबै व्यवस्थापनमा कुनै कमि हुन नदिने बताउनु भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);