म बुढो भए पनि मेरा विचारहरु जवान छन् (खनाल) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

म बुढो भए पनि मेरा विचारहरु जवान छन् (खनाल)

jhalnath khanal

सुर्खेत । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी०का सम्मानित नेता झलनाथ खनालले आफू उमेरले बुढो भए पनि विचार जवान भएको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी० सुर्खेतले बुधबार सुर्खेत आयोजना गरेको जिल्ला स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले, नेपाललाई आमूल परिवर्तन गर्ने एक मात्र पार्टी नेकपा ९एकीकृत समाजवादी० भएको बताएका हुन् ।

उनले भने ‘हाम्रा सामू अनेक चुनौती छन् । सुरुवातमा जब नेपाल कम्युनिष्ट पार्टी थालनी भयो त्यसै दिनबाट कम्युनिष्ट क्रान्तिको सुरुवात भएको थियो । बिगतदेखि नै हाम्रो कम्युनिष्ट पार्टीको नेतृत्व गलत व्यक्तिको हातमा गयो र बेला बेलामा कम्युनिष्ट क्रान्ति माथि प्रहार भयो । र पार्टी भित्र पटक पटक विद्रोह भयो ।’

बिगतलाई नबुझि वर्तमान बुझिन्न र वर्तमानलाई नबुझी भविष्यलाई बुझिन्न भन्दै नेता खनालले हाम्रो देशको परिवर्तन छापामार, र जनयुद्धबाट होइन जनविद्रोहवाट सम्भाव भएको बताउँदै आफू वृद्ध भए पनि विचार जवान भएको बताए ।

एकपछि अर्को पिढी आउँछ तर बिचार कहिले पनि बुढो हुँदैन भन्दै क्रान्तीमा लागिसकेपछी हामी एकछिन पनि आराम लिनुहुँदैन । हामी अहिले नयाँ क्रान्तिमा आएका छौुं, उनले भने ।

२०७४ सालको स्थानीय निर्वाचनको परिणामले बालुवाटार जाने लक्ष बनाएर त्यतिबेलाको नेतृत्वले एमाले र माओवादीबीच चुनावी तालमेल सहितको पार्टी एकताको घोषणा गर्‍यो । यो एक उपलब्धि त थियो तर त्यो दुई तिहाईको सरकारले न जनताको लागि काम गर्यो नत सर्वसाधारणको लागि सबै समृद्धि त सपना मात्र भए, कृषि क्रान्ति गर्न बैज्ञानिक सेवा दिनसक्ने हो भने यो देशका लाखौ जनताहरु कम्युनिष्ट पार्टी छोडेर कतै जादैनन तर त्यतिबेला केपि ओलिको दिमागमा कहिले घुसाउन सकिएन । हाम्रो देशमा अनेक सम्भावना छन् । जसलाई औद्योगिकरण गर्न सकेमात्र धेरै ठूलो उपलब्धि हुनेछु उनले भने ।

विगत सम्झदै नेता खनालले भने, ुएउटा राजाले त उद्योग बनाउँछन्, कलकारखाना खोल्छन् भने दुई तिहाईको कम्युनिष्टको सरकारले यस्ता कामहरु गर्न नसक्दा आज केपी ओलि यो ठाउँमा पुगेका छन् र अझै यो भन्दा तल्लो स्तरमा पुग्दैछन् । जनताका सामु अनुहार देखाउन नसकिने स्थिती आएपछी हामीले यो विकल्प रोजेका हौुं उनले भने ।

आफूहरुको विद्रोह संविधानको रक्षा गर्न, संसदलाई बचाउनका निम्ति र विचारलाई बचाइ राख्नको लागि भएको उनले बताए । अब समाजवादी क्रान्तिलाई अगाडि बढाउन लाग्नु पर्ने उनलको भनाइ छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);