नाग्म बजारमा भिषण पहिरोः एक बालकको मृत्यु, २ महिलाको उद्दार | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

नाग्म बजारमा भिषण पहिरोः एक बालकको मृत्यु, २ महिलाको उद्दार

विवश कुमार सेजुवाल
सुर्खेत, १४ भदौ ।
जुम्ला र कालिकोटको सिमानामा पर्ने कालिकोटको तिलागुफा नगरपालिका वडा नं १ को नाग्म बजारमा भिषण पहिरो गएको छ । पहिरोमा चारवटा घर पुरिएका छन् ।

कर्णाली प्रदेश प्रमुख वसन्त पन्तका अनुसार २ जना महिलालाई घाइते अवस्थामा उद्दार गरिएको छ भने एकजना बालकको मृत्यु भएको छ । अन्यको उद्दार कार्य जारी रहेको उनले बताए । ती चार घरभित्र दशजना मानिस पुरिएको हुनसक्ने स्थानीयले अनुमान गरेका छन् ।

सो क्षेत्रमा सञ्चारको कुनै पनि सेवा र सुविधा नभएकाले जिल्ला प्रशासन कार्यालय कालिकोट र नजिकै पर्ने जुम्लामा खबर नहुँदा घरभित्र पुरिएका मानिसलाई उद्धारमा ढिला भएको छ ।

कर्णाली राजमार्गकै किनारका घरहरुमाथि पहिरो खसेकाले अहिले राजमार्ग पूर्ण रुपमा बन्द भएको छ । भत्केका घरभित्रबाट आवाज आइरहेको सुनिएकाले सरकारी निकायबाट तत्काल उद्धार टोली पुग्न सके केही व्यक्तिलाइ जीवितै उद्धार गर्न सकिने सम्भावना रहेको स्थानीय मुनि बुढाले बताएका छन् ।

भिरालो जमिनमा रहेको बस्तीका घरहरूको सिरानमा जथाभावी पानी छोडेकाले पहिरो गएको स्थानीयले बताएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);