कालिकोटको पहिरोमा मृत्यु हुनेको संख्या १० पुग्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

कालिकोटको पहिरोमा मृत्यु हुनेको संख्या १० पुग्यो

कालिकोट, १५ भदौ । कालिकोटको तिलागुफा नगरपालिका–१ नाग्ममा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १० पुगेको छ । शनिबार राति गएको पहिरोमा पुरिएका चार घरबाट १० जनाको शव निकालिएको हो भने दुई जनाको घाइते अवस्थामा उद्दार गरिएको छ ।

पहिरोमा पुरिएर मृत्यु हुनेहरुमा ३६ वर्षीय प्रयाग शाही, ८ वर्षीया हिमा शाही, ५ वर्षीय निराजन शाही, ३० वर्षीय टेकबहादुर दमाई, २५ वर्षीया छैली दमाई, ६ वर्षीय गजेन्द्र दमाई, ३५ वर्षीय मनविर कटुवाल, ४८ की आइती खड्का, २२ वर्षीय अमृत थापा र दुई महिनाको शिशु रहेका छन् ।

त्यस्तै पहिरोमा पुरिएर घाइते भएका दुई जनालाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाइएकोमा छ । यसैबीच घटनास्थल जिल्ला सदरमुकाम मान्मबाट तीन घण्टाको दुरीमा पर्ने हुनाले मृतक सबैको पोष्टमार्टम घटनास्थलमा नै गर्ने कालिकोटका प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेले जनाउनु बताउनु भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);