मन्त्रिपरिषद निर्णय : लामो तथा छोटाे दूरीका यातायात र शिक्षण संस्था भदौ मसान्तसम्म बन्द | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

मन्त्रिपरिषद निर्णय : लामो तथा छोटाे दूरीका यातायात र शिक्षण संस्था भदौ मसान्तसम्म बन्द

mantriparisad baithak

काठमाडाैं, १५ भदाै । लामो तथा छोटो दूरीको यातायातका साधन र शिक्षण संस्था आगामी भदौ मसान्तसम्म बन्द रहने भएका छन् । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले भदौ १५ गतेसम्मका लागि गरेको यातायात र शिक्षण संस्था बन्द गर्ने निर्णयलाई भदौ मसान्तसम्म लम्ब्याउने निर्णय गरेको हो ।

कोरोना संक्रमणको जोखिम कायमै रहेकाले अवधि लम्ब्याउने निर्णय गरेको बताइएको छ । त्यस्तै सरकारले अन्तराष्ट्रिय हवाई उडान भने सर्तसहित भदौ १६ गतेबाट सुरु गर्न अनुमति दिइएको छ । साथै विदेशी कामदार लिने निर्णय गरेका मुलुकहरुका लागि श्रम स्वीकृति खुला गर्ने निर्णयसमेत भएको छ ।

मन्त्रिपरिषद् बैठकले हङकङको महावाणिज्य दूतमा उदय रानामगर र ल्हासाका लागि महावाणिज्य दूतमा नवराज ढकाललाई नियुक्त गर्ने निर्णय गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);