बागलुङमा भदौ १० गतेसम्म निषेधाज्ञा थप | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

बागलुङमा भदौ १० गतेसम्म निषेधाज्ञा थप

बागलुङ । बागलुङ जिल्लामा कोरोना संक्रमण व्यवस्थापन गर्न प्रशासनले लगाउँदै आएको निषेधाज्ञा ५ दिन थप्ने निर्णय गरेको छ ।

बागलुङमा श्रावण २८ गतेदेखि भदौ ५ गतेसम्म जिल्लाभर लगाएको निषेधाज्ञाको कारण कोरोना संक्रमण दर घटेपनि यसलाई थप कम गर्न ५ दिन निषेधाज्ञा जारी गरेको छ ।

जिल्ला प्रशासन कार्यालय बागलु्ङमा बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र डिसिएमसिको बैठकले भाद्र ५ गतेदेखि भदौं १० गते सम्म कडाइका साथ निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।

अब चाडपर्व नजिकै आएको कारण स्मार्ट लकडाउन गरेर जाने सल्लाह भएको राष्ट्रिय उपभोक्ता मन्चका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठले बताए ।

निषेधाज्ञाको समयमा सरकारी कार्यालय र अतिआवश्यक बाहेकका गैर सरकारी कार्यालयहरु, बैंक तथा वित्तिय संस्था, शैक्षिक संस्थाहरु ,सार्वजनिक तथा निजी यातायात बन्द गरिएको छ ।

बैठकले अत्यावश्यक खाद्यान्न,फलफूल, माछामासु तथा दूधका पसल आइतबार, बुधबार र शुक्रबार मात्रै बिहान १० बजेसम्म सञ्चालन गर्न दिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);