बागलुङ बजारमा १० दिन लकडाउन गरिँदै | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

बागलुङ बजारमा १० दिन लकडाउन गरिँदै

बागलुङ । जिल्लामा कोरोना संक्रमितहरुको संख्या बढ्दै गएपछि बागलुङ नगरपालिकामा १० दिन लकडाउन गरिने भएको छ । जिल्ला कोभिड संकट सुरक्षा समितिको आईतबार बसेको बैठकले बागलुङ नगरपालिका क्षेत्र भित्र बैशाख २१ गते विहान ६ बजेदेखि ३० गतेसम्म निषेधाज्ञा गर्ने निर्णय गरेको छ ।

समितिले अत्यावश्यक काममा बाहेक घर बाहिर ननिस्कने र हिड्डुल नगर्ने, खाद्यसामाग्री तथा पशुपंक्षीका दाना, तरकारी, फलफूल, दुध, डेरीजन्य उत्पादन, माछा, मासु, पानी ग्याँस लगायतका अत्यावश्यक सेवाका पसलह्ररु स्वास्थ्य सुरक्षाका मापदण्डहरुको पूर्ण पालना गरी विहान ७ बजेदेखि १० बजेसम्म मात्र संचालन गर्ने निर्णय गरेको छ ।

सुरक्षा समितिले बागलुङले गरेको निर्णय प्रभावकारी नभएको गुनासो समेत भएको छ । वैक तथा वित्तिय सस्था खोल्न दिने भएकोले बजारमा भिडभाड कम नहुने भन्दै लकडाउन फितलो हुन नहुने स्थानियको सुझाव छ ।

बागलुङमा ९५ जना सक्रिय संक्रमित छन् । संक्रमित मध्य १४ जना स्वास्थ्य संस्थामा र बाँकी होम आइसुलेशनमा रहेका छन् ।

यस्तै समितिले बागलुङ नगरपालिका भित्रका सरकारी र सार्वजनिक कार्यालयहरु, बैंक वित्तिय संस्थाहरु भने कार्यालय तथा संस्था प्रमुखले आलोपालो पद्धति अनुसार न्यूनतम कर्मचारी खटाइ कार्यालय संचालन गर्ने निर्णय गरेको छ । समितिले सार्वजनिक निर्माण कार्य निर्वाध रुपमा संचालन गर्न पाउने जनाएको छ ।

समितिले बैशाख १८ गते बागलुङ उद्योग बाणिज्य संघ र १९ गते बागलुङ नगरपालिका विपद् राहत उद्धार कोषको बैठकले नगरपालिका भित्र १० दिन निषेधाज्ञा गर्न अनुरोध गरेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);