तुलसीपुरमा हाल सम्म ३९ संक्रमितको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

तुलसीपुरमा हाल सम्म ३९ संक्रमितको मृत्यु

दाङ । तुलसीपुर उपमहानगरपालिकामा हाल सम्म ३९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

उपमहानगरका कोभि १९ फोकल पर्सन विमल केसीका अनुसार अहिले उपमहानगरमा सक्रिय संक्रमितको संख्या एक हजार ९ पुगेको छ । ति मध्य ४३३ जना महिला र ५७६ जना पुरुष रहेका छन् ।

संक्रमित मध्य ८०९ जना ( ३४२ जना महिला र ४६७ जना पुरुष ) लाई पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको फोकल पर्सन केसीले जानकारी दिए ।

त्यस्तै, आरटी, एन्टिजेनबाट २० सय जनामा पुष्टि भएको र ९१ जना महिला र १०९ जना पुरुषहरु रहेको उनले जानकारी दिए । हाल सम्म उपमहानगरमा कोरोना संक्रमितको संख्या १ हजार ९४० पुगेको ( ७३५ महिला र १२०५ पुरुष) र ति मध्य ९१२ जना (२८५ महिला र ६२७) निको भएको समेत उनले जानकारी दिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);