कांग्रेस प्रवक्ता शर्मालाई कोरोना | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

कांग्रेस प्रवक्ता शर्मालाई कोरोना

काडमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रवक्ता शर्माले सोमबार बिहान ट्विीट गर्दै आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् ।

ज्वरो तथा जीउ दुख्ने समस्या बढेपछि आइतबार स्वाब परीक्षण गराएका शर्माको आज बिहान रिपोर्ट पोजिटिभ आएको हो । उनी हाल डा. अनुप बास्तोलाको परामर्श लिएर होम आईसोलेसनमा बसेका छन् ।

उनले ट्विीटमा लेखेका छन्–‘लक्षणले च्यापेका छन् तर मनोबल उच्च छ ।’ प्रवक्ता शर्माले सबैलाई सजग रहन समेत आग्रह गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);