थप २७८ जनामा कोरोना पुष्टि | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

थप २७८ जनामा कोरोना पुष्टि

corona update

काठमाडौं, २३ जेठ । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या थप २ सय ७८ जनामा पुष्टि भएको छ । शुक्रबार थप २ सय ७८ जनामा कोरोना संक्रमणको पुष्टि भएसंगै संक्रमितको संख्या २९ सय १२ पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर बिकास देवकोटाले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा विभिन्न जिल्लाका गरी २ सय ७८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो । डा. देवकोटाका अनुसार २६७ जना पुरुष र ११ जना महिलामा संक्रमण देखिएको हो ।

प्रवक्ता डा देवकोटाका अनुसार हालसम्म देशका ६८ जिल्लामा संक्रमण देखिएको छ । सुर्खेतका २८ वार्षिय पुरुषको मृत्यु पहिले नै भएको र मृत्युपछि टेस्ट गर्दा पोजेटिभ आएसंगै कोरोनाबाट मृत्यु हुनेको संङ्ख्या ११ पुगेको छ । त्यस्तै कुल कोरोना संक्रमित मध्ये ३३३ जनाले कोरोनालाई जितेर घर फर्केका छन् ।

#कोरोना

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);