थप २१३ जनामा कोरोना पुष्टि | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

थप २१३ जनामा कोरोना पुष्टि

corona update

काठमाडौं, २५ जेठ । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या थप २ सय १३ जनामा पुष्टि भएको छ । आइतबार थप २ सय १३ जनामा कोरोना संक्रमणको पुष्टि भएसंगै संक्रमितको संख्या ३४ सय ४८ पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर बिकास देवकोटाले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा विभिन्न जिल्लाका गरी २ सय १३ जनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो । डा. देवकोटाका अनुसार कुल संक्रमित मध्ये ३२१२ जना पुरुष र २३६ जना महिलामा संक्रमण देखिएको हो ।

प्रवक्ता डा. देवकोटाका अनुसार हालसम्म देशका ७१ जिल्लामा संक्रमण देखिएको छ । प्रदेश नम्बर १ मा २५९ जना, प्रदेश नम्बर २ मा ११६१ जना, प्रदेश नम्बर ३ मा ९२ जना, प्रदेश नम्बर ४ मा १११ जना, प्रदेश नम्बर ५ मा १०८१ जना, प्रदेश नम्बर ६ मा ६३३ जना र प्रदेश नम्बर ७ मा १११ जना कुल संक्रमित रहेका छन् ।

कुल कोरोना संक्रमित मध्ये ४६७ जनाले कोरोनालाई जितेर घर फर्केका छन् । जस मध्ये पुरुष ३९९ जना र ६८ जना रहेका छन् । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ ।

#कोरोना #कोरोना_भाइरस_संक्रमित

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);