एकैदिन थप १५ सय ३९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५८ हजार ३ सय २७ पुग्यो | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

एकैदिन थप १५ सय ३९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५८ हजार ३ सय २७ पुग्यो

corona-test

काठमाडौं, ३१ भदौ । नेपालमा थप १५ सय ३९ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बुधबार थप १५ सय ३९ जनामा संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या ५८ हजार ३ सय २७ पुगेको हो ।

बुधबारसम्म ८ लाख ७२ हजार २ सय ७४ पीसीआर परीक्षण भएकोमा ५८ हजार ३ सय २७ जनामा कोरोना देखिएको छ । आज १ हजार ६८ जना संक्रमित निको भएर घर फर्किएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो । जसअनुसार प्रदेश नम्बर १ मा ३ हजार ५ सय ५७, प्रदेश नम्बर २ मा ११ हजार ३ सय ५७, बागमती प्रदेशमा८ हजार ८ सय ६४ र गण्डकी प्रदेशमा २ हजार ४ सय ११ जना रहेका छन्।

यस्तै प्रदेश नम्बर ५ मा ६ हजार ७ सय ६४, कर्णाली प्रदेशमा २ हजार ५ सय ९० र सुदूरपश्चिम प्रदेशमा६ हजार ६३ गरी देशभरी आजसम्म ४१ हजार ७ सय जना संक्रमित निको भएर घर फर्किएका छन्।

बुधबार देशभरी सक्रिय संक्रमितको संख्या १६ हजार २ सय ४२ जना रहेको छ । आज संस्थागत आइसोलेसनमा प्रदेश नम्बर १ मा ४ सय १६, प्रदेश नम्बर २ मा ९ सय ४६, बागमती प्रदेशमा ४ हजार ५ सय ९५ र गण्डकी प्रदेशमा ८ सय १ जना रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा १ हजार २ सय ७२, कर्णाली प्रदेशमा २ सय ६२ र सुदूरपश्चिम प्रदेशमा २ सय ४९ गरी देशभरी संस्थागत आइसोलेसनमा ८ हजार ५ सय ४१ जना संक्रमित रहेका छन्।

यसैगरी होम आइसोलेसनमा प्रदेश नम्बर १ मा १ हजार १ सय ३९, प्रदेश नम्बर २ मा १ हजार ३ सय १, बागमती प्रदेशमा ३ हजार ९ सय र गण्डकी प्रदेशमा १ सय ८२ जना रहेका छन्। यस्तै प्रदेश नम्बर ५ मा ७ सय ४२, कर्णाली प्रदेशमा १ सय २३ र सुदूरपश्चिम प्रदेशमा३ सय १४ गरी देशभरी ७ हजार ७ सय १ जना संक्रमित रहेका छन । यस्तै आइसियुमा १ सयय ७३ र भेन्टिलेटरमा २६ जना उपचाररत रहेका छन्।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);