नेपालमा एकैदिन ३४ सय ३९ जनामा कोरोना संक्रमण | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

नेपालमा एकैदिन ३४ सय ३९ जनामा कोरोना संक्रमण

काठमाडौं, २१ असोज । नेपालमा बुधबार थप ३४ सय ३९ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार थप ३४ सय ३९ जनामा संक्रमणको पुष्टि भएसँगै संक्रमितको कुल संख्या ९४ हजार २ सय ५३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभरी सक्रिय संक्रमितको संख्या २५ हजार ७ जना पुगेको छ । संस्थागत आइसोलेसनमा १० हजार ५ सय ९६ र होम आइसोलेसनमा १४ हजार ४ सय ११ जना संक्रमित उपचाररत रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो ।

यसअघि मन्त्रालयले २५ हजार संक्रमित पुगेमा लक डाउन गर्न सकिने गरी निर्णय गर्न सिफारिस गरेको थियो ।

प्रवक्ता डा. गौतमका अनुसार आज प्रदेश नम्बर १ मा ५ सय ४६, प्रदेश नम्बर २ मा ३ सय ३३, बागमती प्रदेशमा ७ हजार ९ सय ८ र गण्डकी प्रदेशमा ४ सय ४१ जना संक्रमित संस्थागत आइसोलेसनमा रहेका छन । यस्तै लुम्बिनी प्रदेशमा ८ सय ४२, कर्णाली प्रदेशमा ३ सय ५२ र सुदूरपश्चिम प्रदेशमा १ सय ७४ जना संक्रमित रहेका छन् ।

यसैगरी होम आइसोलेसनमा प्रदेश नम्बर १ मा १ हजार ८ सय ४७, प्रदेश नम्बर २ मा ५ सय ३०, बागमती प्रदेशमा ९ हजार १ सय ७२ र गण्डकी प्रदेशमा ५ सय ६५ जना रहेका छन्। यस्तै लुम्बिनी प्रदेशमा १ हजार ४ सय ७४, कर्णाली प्रदेशमा ३ सय १५ र सुदूरपश्चिम प्रदेशमा ५ सय ८ जना रहेका छन । आज आइसियुमा २ सय ३३ र भेन्टिलेटरमा ३७ जना संक्रमित उपचाररत रहेका छन्।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);